कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५
1538

जुन टिमले धेरै पैसा दिएर उत्कृष्ट खेलाडी राख्छ, जित त्यसकै हुने गर्छ । यदि विश्वकपले यही प्रवृत्तिलाई पछ्याउने हो भने ब्राजिलले यसपटकको विश्वकप ट्रफी आफैंसँग राख्नेछ । खेलाडीले पाउने पारिश्रमिकका आधारमा स्पोर्ट्समेलले सार्वजनिक गरेको विश्लेषण हो यो ।
विश्वकपमा सहभागी ३२ देशका खेलाडीले वार्षिक रूपमा पाउने औषत पारिश्रमिकलाई स्पोर्ट्समेलले यो विश्लेषणको आधार बनाएको छ । विश्वकपका हरेक समूह चरणका खेलमा पारिश्रमिकको औषतका आधारमा सम्बन्धित देश त्यसैअनुसार पहिलो, दोस्रो, तेस्रो अनि चौथो हुनेछ । अनि नकआउट चरणको खेलमा पनि धेरै पारिश्रमिक पाउने खेलाडीसहितको देश नै विजयी हुनेछ ।
धनी खेलाडीहरुसहितको देश ब्राजिलका खेलाडीहरुले आफ्नो क्लबमा रहँदा वार्षिक औषत ५८ लाख पाउण्ड कमाउँछन् । विश्वकपमा सहभागी सबै देशमध्ये ब्राजिलका खेलाडीको यो कमाइ सबैभन्दा धेरै हो । विश्वकै सबैभन्दा महँगा पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार खेलाडी नेयमारका कारण पनि ब्राजिल अगाडि छ ।
वार्षिक ५४ लाख ७० हजार पाउण्डसहित स्पेन स्पोर्ट्समेलको विश्लेषणमा दोस्रो स्थानमा छ । धनी खेलाडीसहितको देशमा बेल्जियम, फ्रान्स, अर्जेन्टिना, जर्मनी, इङल्यान्ड र पोर्चुगल पनि छ । पारिश्रमिकको आधारमा विश्व कप जित्न सक्ने विश्लेषण अनुसार यी आठ देश क्वार्टरफाइनल प्रवेश गर्नेछन् ।
स्पोर्ट्समेलका अनुसार फ्रान्सले अन्तिम आठमा पोर्चुगललाई पराजित गर्नेछ । त्यस्तै ब्राजिलले बेल्जियम र स्पेनले अर्जेन्टिनामाथि जित हात मार्नेछ । इंगल्याण्ड जर्मनीका कारण बाहिरिनेछ । ब्राजिलले सेमिफाइनलमा फ्रान्सलाई जित्नेछ ।
स्पेनले डिफेण्डिङ च्याम्पियन जर्मनीलाई पराजित गरी फाइनल प्रवेश गर्नेछ । के विश्वकपका खेल यसरी नै अघि बढ्नेछन् त ? पक्कै पनि यस्तो नहुनसक्छ । किनकी पैसाले मात्र सबै कुरा बोल्दैन । त्यसैले अचम्मका नतिजा विश्वकपमा हुने गर्छ ।
यतिमात्र होइन, यो विश्लेषणभन्दा फरक समूह चरणका देशहरुले आफ्नो किसिमले प्रतिस्पर्धा गर्नुपर्नेछ । सर्बिया र स्विट्जरल्याण्ड ब्राजिलपछि गु्रप ईका लागि दोस्रो स्थानमा प्रतिस्पर्धा गर्नेछन् । स्विडेन र मेक्सिकोबीच गु्रप एफमा यस्तै प्रतिस्पर्धा हुनेछ । गु्रप एचमा रहेका कोलम्बिया, पोल्याण्ड र सेनेगल समान किसिमका स्रोतसहितका छन् । जापान पनि यी भन्दा टाढा छैन ।
तटस्थ भएर अनुमान गर्दा सबैभन्दा धनी खेलाडीसहितको देश नै अन्तिम आठमा पुग्नेछ । त्यसमध्ये केहीले मात्र ब्राजिल र स्पेनलाई फाइनल पुग्नबाट रोक्ने सामथ्र्य राख्छन् । तर यही कुरालाई सन् २०१४ मा फर्केर हरौं त के भएको थियो...

यस्तो छ विश्लेषण (पाउण्डमा)
समूह ए
१. उरुग्वेः २.४७ मिलियन
२. रसियाः १.४७ मिलियन
३. इजिप्टः ८ लाख ५० हजार
४. साउदी अरबः ६ लाख ७० हजार
समूह बी
१. स्पेनः ५.४७ मिलियन
२. पोर्चुगलः ३.६८ मिलियन
३. मोरक्कोः १.११ मिलियन
४. इरानः ३ लाख ६० हजार
समूह सी
१. फ्रान्सः ५.२१ मिलियन
२. डेनमार्कः १.२२ मिलियन
३. अष्ट्रलियाः ६ लाख ५० हजार
४. पेरुः ५ लाख ६० हजार
समूह डी
१. अर्जेन्टिनाः ५.०४ मिलियन
२. क्रोसियाः २.५८ मिलियन
३. नाइजेरियाः १.३८ मिलियन
४. आइसल्याण्डः ७ लाख ५० हजार
समूह इ
१. ब्राजिलः ५.८ मिलियन
२. सर्वियाः १.६२ मिलियन
३. स्विट्जरल्याण्डः १.६ मिलियन
४. कोस्टारिकाः ६ लाख ३० हजार
समूह एफ
१. जर्मनीः ४.८७ मिलियन
२. मेक्सिकोः १.५७ मिलियन
३. स्विडेनः १.२७ मिलियन
४. दक्षिण कोरियाः ६ लाख ४० हजार
समूह जी
१. बेल्जियमः ५.२२ मिलियन
२. इंग्ल्याण्डः ४.१९ मिलियन
३. ट्युनिसियाः ४ लाख ४० हजार
४. पनामाः १ लाख ५० हजार
समूह एच
१. कोलम्बियाः १.८९ मिलियन
२. पोल्याण्डः १.६९ मिलियन
३. सेनेगलः १.६७ मिलियन
४. जापानः १.०३

अन्तिम १६
पोर्चुगल भर्सेस उरुग्वे (पोर्चुगल)
फ्रान्स भर्सेस क्रोएसिया (फ्रान्स)
ब्राजिल भर्सेस मेक्सिको (ब्राजिल)
बेल्जियम भर्से पोल्याण्ड (बेल्जियम)
स्पेन भर्सेस रसिया (स्पेन)
अर्जेन्टिना भर्सेस डेनमार्क (अर्जेन्टिना)
जर्मनी भर्सेस सर्विया (जर्मनी)
इंग्ल्याण्ड भर्सेस कोलम्बिया (इंग्ल्याण्ड)
क्वाटरफाइनल
फ्रान्स भर्सेस पोर्चुगल (फ्रान्स)
ब्राजिल भर्सेस बेल्जियम (ब्राजिल)
स्पेन भर्सेस अर्जेन्टिना (स्पेन)
जर्मनी भर्सेस इंग्ल्याण्ड (जर्मनी)
सेमिफाइनल
ब्राजिल भर्सेस फ्रान्स (ब्राजिल)
स्पेन भर्सेस जर्मनी (स्पेन)
फाइनल
ब्राजिल भर्सेस स्पेन (ब्राजिल)