कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५
641

मनाङ र लोमान्थाङको सफल साहसिक यात्रापछि इम्याजिन नेपालले अर्को साहसिकयात्रा सुरु गर्दैछ । तीनवर्ष अघि स्थापना भएको इम्याजिन नेपाल साहसिक पर्यटन–केन्द्रित कार्यक्रम आयोजकहरूमध्ये सबैभन्दा ठूलो आयोजक हो । सन् २०१८ मा इम्याजिन नेपालको सबैभन्दा महत्वपूर्ण गन्तव्य हो रारा । यस साहसिकयात्राको पथमा बर्दिया राष्ट्रिय निकुञ्ज र नेपालगञ्ज लगायतका आकर्षक गन्तव्यहरू समेटिने छन् ।
इम्याजिन नेपालमार्फत् यसै वर्ष महिन्द्रा एड्भेन्चर पनि नेपालको बजारमा प्रवेश गरेको छ । यसले नेपालका साहसिक यात्राका पारखीहरूलाई साहसिक यात्राको उत्कर्षमा पुग्न सघाउनेछ ।

महिन्द्राले विगतमाझैं यस वर्षभरि नै विभिन्न साहसिक क्रियाकलापहरूको आयोजना गर्नेछ र यसको अग्रपंक्तिमा हुनेछ । महेन्द्र एडभेन्चरको प्रवेशले २०७५ लाई कर्णाली भ्रमण अभियानको रूपमा मनाउने उद्घोषलाई सघाउ पुग्नेछ ।
सन् २०१६ र २०१७ मा ८० सहभागीहरू र २५ सवारी साधनहरूले यस हिमाली देशको मनाङ र लोमान्थाङका विकट भूखण्डहरू छिचोलेका थिए । इम्याजिन नेपाल नेपालमा आयोजना हुने सबैभन्दा ठूलो अफ–रोड साहसिक पर्यटन उत्सव हो । यो वर्ष पनि इम्याजिन नेपालले त्यति नै ठूलो साहसिक पर्यटन उत्सव आयोजना गरी पश्चिम नेपाल छिचोल्ने चुनौती स्वीकारेको छ ।