प्रकाश पाक्साँवा
मंगलबार, आश्विन ३०, २०७५
520

तेह्रथुम-जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर गाउँपालिकाको सौरेनी डाडालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीय सरकारले काम सुरु गरेको छ । तत्कालीन सुदाप र ओख्रे गाविसको सीमावर्ती क्षेत्रमा रहेका डाडाँलाई बनभोज पार्कका रूपमा विकास गर्न स्थानीय सरकारले काम सुरु गरेको हो । गत वर्ष १ लाख ५० लागनीमा पोखरी निर्माणका साथै ७ वटा टहरा निर्माण सुरु भइरहेको गाउँपालिकाले जनाएको छ ।
डाँडालाई पर्यटकीय रूपका विकास गर्ने उद्देश्यका साथ गाउँपालिकाले यस वर्ष १० लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूको मुख्य आकर्षणको रूपमा विकास गर्ने उद्देश्यका गाउँपालिकाले बडादसंैको अबसरमा भव्य शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्राम डाडैमा आयोजना गरेको छ । केही वर्ष अघिसम्म नाङ्गो डाडाँको रूपमा रहेको सौरेनी यतिबेला पर्यटकहरूको नजरमा पर्ने थालेको स्थानीयहरूले बताउने गरेका छन । तेह्रथुम जिल्लाको बिभिन्न क्षेत्रलाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रदेश सरकारमा योजना निमार्ण भई रहेको कार्यक्रममा सम्बोधन गर्दै प्रदेश नम्बर १ का सदस्य लक्ष्मण तिवारीले बताए । तिनजुरे मिल्के जलजले कंञ्चनजंघा मकालु हिमालसँगै छथरलाई पर्यटकीय रूपमा विकास गर्नका निम्ति पहल भइरहेको तिवारी बताए ।
नयाँ ढंगबाट अगाडि बढ्न सके मात्र विकासको बाटोहरू सिर्जना गर्न सकिने कार्यक्रमका विशेष अति जिल्ला समन्वय समितिका अध्यक्ष शिव ढुङ्गानाले बताए । गाउँपालिकाले योजना छनोट तथा उपभोक्ता समिति निर्माणमा एकलौटी रूपमा नातेदार र आफन्तलाई मात्र समावेश गर्दै आएको शुभकामना दिँदै नेपाली कांग्रेसका प्रतिनिधि टेकराज तिगेलाले बताए । आफू सल्लाहकार सदस्य भए पनि योजना छनोटहरूमा सहभागिता नगराएको र आगामी दिनहरूमा सम्पूर्ण पक्षलाई सहभागिता गराउँदै गाउँपालिकाले आफ्नो कामहरू अगाडि बढाउन आग्रह गरेका थिए । चारैतिर हरियाली बनको काखमा रहेको डाँडासँगै बनभोजका निम्ति उपयुक्त स्थान रहेकोले अन्तरिक तथा बाह्य पर्यटकहरू भिœयाउन समस्या नरहेको सरोकारवालाहरूले बताएका छन् ।