कारोबार संवाददाता
शुक्रवार, कार्तिक २, २०७५
3838

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एअरलाइन्सले चीनमा पनि व्यावसायिक उडान सुरु गर्ने भएको छ । जनवादी गणतान्त्रिक चीनको प्रमुख पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान भर्दै हिमालय एअरलाइन्सले चीनको हवाई बजारमा प्रवेश गरेको जनाएको छ । हिमालय एअरलाइन्सले आफ्ना सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौं सम्मको चार्टड सेवा उपलब्ध गराउने भन्दै चोङकिङ र काठमाडौंबीच सीधा उडान भर्ने हिमालय एअरलाइन्स एकमात्र एअरलाइन्स भएको पनि बताएको छ ।
कार्तिक १ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय दिउसो ४ः५५ मा आफ्नो उद्घाटन उडान गरेको एअरलान्इसको जहाजले चोङकिङस्थित जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय रातको ११: ०५ मा अवतरण गरेको थियो । २०७५ कात्तिक २ गते चोङकिङबाट हिमालय एअरलाइन्सको जहाजले स्थानीय समय रातको १२:०५ मा उडान गरी काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रातको १:५५ मा अवतरण गरेको थियो ।

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार चीन हिमालय एअरलाइन्सको लक्षित बजारमध्ये एक हो । यो उडानको सुरुवातस“गै हामीले ‘विजनेश ट्राभलर’लाई सेवा उपलव्ध गराउने अवसर पाएका छौं, उनले भने, चीनको चोङकिङबाट काठमाडौं उडान भर्ने पहिलो र एकमात्र वायुसेवा संस्था भएकोमा हामी गर्वान्वित छौं । ‘हिमालय एअरलाइन्सले धेरैभन्दा धेरै चिनिया“ पर्यटक नेपाल भित्र्याउन र दुवै देशको आर्थिक पर्यटनको विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।’
चीनको पाच केन्द्रीय शासित शहरहरु बेइजिङ, सांघाई, ग्वाङजाउ र तियानजिनका साथै चोङकिङ पनि एक हो, जहा पर्यटकका लागि उल्लेखनीय आकर्षणहरु रहेका छन् । चोङकिङ आफ्नो सम्पन्न इतिहास र सांस्कृतिक सम्पदाले प्रख्यात छ । यो आर्थिक र उत्पादनको केन्द्रको रुपमा पनि परिचित छ । यतिमात्र नभई चोङकिङ एउटा दक्षिणपूर्वी परिवहनको केन्द्रको रुपमा पनि रहेको छ ।
नेपाल चिनिया“ पर्यटकका लागि आफ्नो फुर्सदिलो समय बिताउने आर्कषक नया गन्तव्य बन्न थालेको छ । विगत दुई बर्षमा नेपाल भ्रमणमा आउने चिनिया“ पर्यटकहरुको तथ्यांकले यो कुरा पुष्टि गर्दछ । २०७३ सालको भूकम्प र नाकाबन्दीका कारण नेपालमा वैदेशिक पर्यटन न्यून स्तरमा पुगेको थियो । त्यसपश्चात नेपाल भ्रमण गर्ने चिनिया“ पर्यटकको संख्या भने अत्याधिक रुपमा बढेको छ । सन् २०१८ को जनवरीदेखि सेप्टेम्बरसम्म १ लाख ९ हजार ४ सय ९७ चिनिया“ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो बर्ष २०१७ को सोही समयको तुलनामा नेपाल आउने चिनिया पर्यटकको संख्यामा ४८.८ प्रतिशतले वृद्धि भएको हो । नेपाली पर्यटन बजारमा भारत पहिलो र चीन दोस्रो स्थानमा रहेको छ । नेपाल आउने कुल पर्यटक संख्यामा १४.४ प्रतिशत चिनिया पर्यटक रहेका छन् ।
चोङकिङ–काठमाडौंवीच सीधा हवाई सम्र्पकस“गै हिमालय एअरलाइन्सले नेपाली पर्यटन अर्थतन्त्रमा नया र व्यापक रुपमा आफ्नो योगदान पु¥याउने आशा राखेको छ । साथसाथै, एअरलाइन्सले चीनसग सीधा हवाई सम्पर्क विस्तार गर्न अर्काे चरणमा, अन्य शहरहरु बेइजिङ, हाएकाउ, नान्चाङ जोड्ने योजना बनाएको छ ।
नेपाल–चीन संयुक्त लगानीमा अगष्ट २०१४ मा स्थापित हिमालय एअरलाइन्स अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्ने नेपालमा सञ्चालित निजी क्षेत्रको विमानसेवा हो ।