कारोबार संवाददाता
मंगलबार, फाल्गुन २८, २०७५
367

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनकालागि ठूला पूर्वाधार तथा योजनाहरूमा जोड दिँदै साना तथा अत्यावश्यक कामहरूलाई प्राथमिकतामा राख्नुपर्नेमा पर्यटन क्षेत्र आबद्ध सरोकारवालाहरूले बताएका छन् । सरकारका मन्त्री, कूटनीतिक नियोगका पदाधिकारी तथा सम्बद्ध क्षेत्रका व्यक्तिहरूले भ्रमण वर्षलाई भव्यताका साथ सफल बनाउन सबै पक्षले पर्यटन क्षेत्रमाध्यान केन्द्रित गर्नुपर्ने औंल्याएका हुन् ।
पर्यटन क्षेत्रको विकास र पर्यटक आगमन वृद्धिका लागि पूर्वाधार विकासमा जोड दिन आवश्यक रहेको परराष्टमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । ट्राभल हिमालय म्यागेजिनको २० औं वार्षिकोत्सको अवसरमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । मन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थल निर्माणमा तीव्रता दिनु पर्नेमा जोड दिए । साथै सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा पर्यटन क्षेत्रको विकासका लागि प्र्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सरकार र दातृ निकायकाबीच राणनीतिक छलफल गरिने मन्त्री ज्ञवालीको भनाइ थियो ।

यस्तै पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने बताए । भ्रमण वर्षमा लक्षित कार्यक्रमहरूले पर्यटनका माध्यमबाट मुलुकको आर्थिक वृद्धि, रोजगारीको अवसर र गरिबी निवारणमा टेवापु-याउने सचिव सापकोटाको भनाइ थियो । यसका साथै पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना तर्जुमा गर्नुपर्नेमा सचिव सापकोटाले जोड दिए ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जित सिंहले अन्तरदेशीय पर्यटकलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् । उनले नेपाल–भारत सीमामा पर्यटन क्षेत्रलाई प्रभावकारी बनाउँदै पर्यटकीय गन्तव्यका साथै पर्यटन प्रवद्र्धनमा लाग्दा भ्रमण वर्ष सफल बनाउन सहज हुने बताए । भ्रमण वर्षलाई सफल बनाउनका लागि पूर्वाधार मात्रन भई समग्र मुलुकका पर्यटकीय गन्तव्यलाई विश्वबजारमा चिनाउने अभियानको तिब्रतालाई रातदूत सिंहले जोड दिए ।