सागर परियार
बिहिवार, जेठ ३१, २०७५
370

स्तरोन्तिको अभावमा कर्णालीका विमानस्थलहरू असुरक्षित बन्दै गएका छन् । एकपछि अर्को गर्दै कर्णालीका विमानस्थलमा जहाज हेर्दा हेर्दै दुर्घटना हुनुले यहाँका विमानस्थलहरू निकै असुरक्षित रहेको पाइएको छ ।
मानीवय क्षति नभए पनि पटक–पटक हुने विमान दुर्घटनाले आम नागरिकहरूमा हवाई सेवा प्रतिविश्वास घट्न थालेको छ । तर, यस विषयमा सरोकारवाला भने गम्भीर देखिँदैनन् । केन्द्रदेखि विकास प्रणालीमा पछि परेको कर्णाली अहिलेसम्मै आश्वासनको भरमा चल्नुको कारण विभिन्न दुर्घटनाहरू हुने गरेका छन् ।
जुम्ला नागरिक समाजका अध्यक्ष राजबहादुर महत भन्छन् । “मानवीय क्षति हुँदा सरकार गम्भीर भएको वाहना गर्छ । उनले थपे, भौतिक क्षति भएमा प्राविधिक पक्ष सुधार गर्ने भन्दै आश्वास दिन्छ । अन्तत: प्रतिफल शून्य नै देखिन्छ । दुर्घटना हुने क्रम रोकिँदैन । यसै क्रममा जुम्लामा शनिबार तारा एयरको विमान दुर्घटना भएको छ ।
उनले भने, एकतातर्फ जहाजमा प्राविधिक सममस्याहरू आउनु र कर्णालीका विमान स्थलहरू निकै साँघुरा भएकै कारण असुरक्षित रहेको पनि दाबी गरे । यस्ता दुर्घटना देखावटी हुन उनले भने, “यहाँका भौगोलिक विकटता, साँघुरो ठाउँ भएकै दुर्घटनाको उच्च जोखिम छ । स्तरवृद्धिका लागि पर्यटन मन्त्रालयले विशेष ध्यान दिन जरुरी रहेको टिप्पणी गरे ।
पुराना जहाजले जनता जोखिममा
एक हवाई यात्रा गर्न त्यति सजह छैन । त्यसमा पनि यात्रा गर्न ज्यानलाई दाउमा लगाउनु पर्ने बाध्यता छ कर्णाली बासीलगायत नेपालीहरूमा । पुराना तथा खिया लागेका, चेकजाँच नगरेका जहाँजहरू नेपालमा चल्छन् । जो जहाज पत्यार नलाग्ने तरिकाले दुर्घटना हुन्छन् । जुम्लामा अवतरण हँुदै गर्दा, तारा एयरको विमानको टायर पञ्चर भयो, हुम्लामा दुर्घटना भएको जहाजले बीचमै सम्पर्कविहीन भयो इन्जिनले काम गर्न छोड्यो, यस्ता यी उदाहरण मात्रै हुन् ।
हवाई दुर्घटनाबाट नेपालीहरूले ठूलो धनजनको क्षति बेहोरिसकेका छन् । आखिर कहिलेसम्म पुराना जहाजको भरमा जनताको ज्यान जोखिममा राख्ने भन्दै जुम्लाका आम नागरिकले सरकारसँग प्रश्न गरेका छन् ।
स्तरवृद्धिका कुरा हराए
कर्णालीका असुरक्षित विमान स्थलको स्तरोन्नति गरिने भनिएको थियो । वर्तमान अवस्थाका विभिन्न अफ्ठयाराहरूलाई मध्यनजर गर्दै कर्णालीका पाँचै विमान स्थलको स्तरोन्नति गरिने आश्वासन सार्थक भएन । हेर्दा हेर्दै कर्णालीमा दुइटा हवाईजहाज दुर्घटना भए । तर, सरकारको ध्यान गएन । पछिल्लो समय हवाई दुर्घटनाको अवस्था हेर्दा पहिलो कारण मेसिनरी कमजोरी भए पनि र दोस्रो कारण धावन मार्गमा पर्याप्त जग्गा नहुनुले दुर्घटनाको जोखिम बढेको ठहराइएको छ ।
विशेषगरी हिमाली जिल्लाका विमानस्थलहरू साँघुरो हुँदा जोखिम हुने गरेको पाइएको छ । पर्याप्त, बस्ने ठाउँ नहुनु, शौचालय व्यवस्थापन समस्या, एकभन्दा बढी हवाई जहाज नअटाउने स्थानलगायतका विद्यमान समस्या समाधानको पहल हुने पर्यटन मन्त्रालयका पदाधिकारीले जुम्ला कर्णालीमा आएर प्रतिबद्धतासमेत गरेका थिए ।
कर्णालीका विमानस्थलको अवलोकन गर्न गत फागुनमा जुम्ला पुगेको संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको टोलीले अब कर्णाली विमानस्थलका मुहार फेरिने बताएका थिए । मन्त्रालयका सहसचिव सुरेश आचार्यको टोलीले कर्णालीका धावनमार्गको स्थलगत अवलोकन गरेको थियो ।
मुगुको ताल्चा, हुम्लाको सिमिकोट, डोल्पाको जुफाल कालिकोटको कोटवाडा र जुम्ला विमानस्थलको स्थलगत अवलोकन गरिएको थियो र चाँडै स्तरवृद्धि हुने सहसचिव सुरेश आचार्यले आश्वासन दिएका थिए । आखिर आश्वासन जुट्टा सावित भएको छ । सबै नभए पनि एउटा विमानस्थलमा पनि पहल भएन ।
सुर्खेत, नेपालगन्जबाट उडान भर्नु पहिले स्तरवृद्धिमा सरोकारवालाले ध्यान दिन जरुरी रहेको कर्णालीवासीको माग छ । अझै पनि सरकारले कर्णालीका विमान स्थलको स्तरवृद्धि र जहाजको चेकजाँमा ध्यान नदिए दुर्घटना बढ्ने देखिन्छ ।