दिपक बोहरा
शुक्रवार, श्रावण २५, २०७५
314

पाँचथर-पाँचथर र ताप्लेजुङको सिमानामा रहेको उच्च लेकाली क्षेत्रहो तिम्बङु पोखरी । हिमाललाई नजिकबाट जिस्काइरहेको जस्तो देखिने यो पोखरी धार्मिक क्षेत्रसमेत हो । समुद्र सतहबाट ४ हजार ४ सय ८० मिटरको उचाइमा रहेको तिम्बङु पोखरीको भ्रमणको सिजन सुरु भएको छ । नेपाल–भारत सिमान नजिक रहेको तिम्बङु पोखरी अनुपम प्राकृतिक सुन्दरता, उच्च पहाडी रमणीय क्षेत्र, हिमालका टाकुरालाई सामुन्नेमा हेर्न सकिने, धार्मिक महिमाले अब्बल मानिन्छ । पाँचथर र ताप्लेजुङको सीमामा पर्ने यो पोखरी, यहाँको पर्यटकीय सम्भावना र यसको धार्मिक महत्वका विषयमा अन्य पर्यटकीय क्षेत्र जसरी प्रचार–प्रसारसमेत हुन सकेको छैन ।
पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको संगम स्थलमा रहेको तिम्बुङ यात्राको सिजन असारको सुरुदेखि आरम्भ भएर भदौ महिनासम्म चल्छ । भदौ लागेपछि भने जाडो बढ्न थाल्दछ । चौंरी र भेडा गोठाला चौंरी र भेडा लिएर बेँसीतिर झर्छन् । तिम्बङु पोखरी क्षेत्रमा धार्मिक एवं जैविक–प्राकृतिक सौन्दर्यसँग रमाउने पर्यटकहरु कम्तीमा साता लामो भ्रमणका लागि निस्कनु पर्छ ।
चट्टानयुक्त पहाड र ठूला–ठूला समथर मैदानले तिम्बु पोखरीको यात्रालाई आनन्दायक र मनमोहक बनाउँछ । ठूला समथर मैदान, पानीका स–साना खोला खोल्सी, सगैँ भेटिने चौंरी, याक, तोले, उराङ, भेडाबाख्रालगायतका हिमाली जनावरको चरन उत्तिकै मनमोहक हुने गर्छ ।
गोठाला र पशुको सुरक्षाका लागि पालिएका महँगा हिमाली कुकुरको गर्जन पूरा पहाड कापेको महसुस हुन्छ । यी आकर्षणलाई भेट्न कठीन भूगोलहरु पार गर्नुपर्छ । यहाँको धार्मिक र ऐतिहासिक पक्षका विषयमा प¥याप्त खोजी हुन सकेको छैन । पाँचथरकोे उच्च पहाडी स्थलमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र तिम्बङु पोखरी जाने क्रम सुरु भएको छ । पाँचथरको च्याङथापु हुँदै तिम्बुङ पोखरीसम्म पुग्ने पर्यटकका तथा तीर्थयात्रीका लागि साउन अन्तिम देखी नयाँ सिजन सुरु हुन्छ ।
असारदेखि सुरु हुने सिजन भदौसम्म रहन्छ । त्यसपछि भने तिम्बङुपोखरीका लागि यात्रा गर्न समस्या हुने गरेको स्थानीय कृष्ण प्याकुरेले जानकरी दिए । यो सिजन ठीक हो । अवको करिब एक महिनापछि सम्ममा सबै गोठहरु बेंसीझरी सक्ने हुँदा त्यस क्षेत्रमा बासस्थानको समस्या हुन्छ ।
पाँचथर र इलामको संगम स्थल सन्दकपुरबाट तिम्बु पोखरीसम्मको पदमार्ग बिस्तारको चर्चा बिगतदेखि नै भइरहेको छ । हालसम्म ठोस काम भने हुन सकिरहेको छैन । याङवरक गाउँपालिकाले तिम्बु पोखरीमा पर्यटक भिœयाउन भन्दै बजेट बिनियोजन सहितका काम गरिरहेको भए पनि ठोस प्रगति भएको छैन ।