कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५
737

 बंगलादेशका बिजुलीको लागि राज्य, ऊर्जा र खनिज संसाधन मन्त्री नर्सुल हमिदसहितको टोलीले काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हमिदलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।
चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै हमिदले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण चन्द्रागिरि पर्वतमा अति नै राम्रो परियोजना निर्माण भएको कुरा व्यक्त गरे । भ्रमणका क्रममा हमिदले कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई परियोजनाको सफलताको शुभकामना व्यक्त गरे ।