राजेन्द्र बस्नेत
सोमवार, पुष ३, २०७४

नेपालमा जलयात्राको प्रारम्भ सन् १९६० मा त्रिशूली नदीको महेश दोभानबाट भएको इतिहास छ । गोराहरूले नेपाल आउने क्रममा जलयात्रा गरेको व्यवसायीहरू बताउँछन् । सन् १९७० मा नेपालीहरूले व्यावसायिक जलयात्रा प्रारम्भ गरेका हुन् । हिमालयन रिभर एक्स्पो र लामा एक्स्पोले व्यावसायिक जलयात्रा सुरु गरेको नेपाल र्याफ्टिङ एसोसिएसनका सल्लाहकार सुदीप गौतम बताउँछन् ।

464
केदार दाहाल
सोमवार, पुष ३, २०७४

नेपालमा रहेका होटलले वार्षिक २५ लाख पर्यटकलाई सेवा दिन सक्ने एक अध्ययनले देखाएको छ । पछिल्लो समय गरिएको एक सर्वेक्षणले नेपालमा २५ लाख ३१ हजार पर्यटक धान्नसक्ने क्षमता पर्यटकस्तरका होटलमा रहेको देखाएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षणअनुसार हाल पर्यटकस्तरका होटलसहित तारे होटलहरूमा दैनिक ६९ हजार ३ सय ३५ रुम उपलबध रहेको र यसले वार्षिक २५ लाख पर्यटक धान्नसक्ने देखाएको छ ।

1207
केदार दाहाल
शुक्रवार, मंसिर २९, २०७४

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसंगै मुलुक अव वैधानिक रूपमा संघीय संरचनामा गएको छ । विश्वका धेरै म्ुलुकले संघीय मोडल नअपनाए पनि समृद्धि ल्याएको उदारहण छ । छिमेकी मुलुक भारतले पनि संघीय संरचनामा विकासका मोडललाई समानुपातिक ढंगले अगाडि बढाएर व्यवस्थापन गरेको छ ।

447
केदार दाहाल
मंगलबार, मंसिर २६, २०७४

विगत चार वर्षदेखि नेपाली हवाई आकाशलाई कालो सूचीमा राख्दै आएको युरोपेली आयोगले नेपाललाई थप छलफलका लागि बोलाएको छ । गत साता आयोगले अन्तर्राष्ट्रिय सुरक्षा मापदन्ड पूरा नगरेका युरोपबाहिरका एयरलाइन्स कम्पनीहरूको सूची सार्वजनिक गरेको छ । २०७० मंसिर २० देखि लगाइएको प्रतिबन्धलाई पुनः निरन्तरता दिइएको छ । सूचीमा निरन्तरता दिएको इयूले नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्वलाई जनवरी १५ मा छलफलको लागि बोलाएको छ ।

794
केदार दाहाल
सोमवार, मंसिर २५, २०७४

जाडो मौसममा पर्यटक आगमन विगतमा ठप्प हुने गरेको थियो । पछिल्लो समय भने विदेशी पर्यटक आउने क्रममा केही सुधार आउनुका साथै आन्तरिक पर्यटकले जाडो याममा पर्यटन गन्तव्यहरूमा रौनक बढाइरहेका छन् । पर्यटन मेला तथा गतिविधिले पनि जाडो मौसममा पर्यटनका सम्भावना जोड्दै लगेको पाइन्छ । जाडो पर्यटनमा सेवाको विशिष्टता र गुणस्तरा बढेसँगै विविधता थपिँदै गएको पाइन्छ । जाडो मौसमलाई विगतका वर्षमा जस्तो पर्यटनको बेमौसम भन्ने परम्परा पछिल्लो समय विस्तारै तोडिँदै गएको छ ।

430
कारोबार संवाददाता
आइतवार, मंसिर २४, २०७४

वायुसेवा सञ्चालकहरूले मंगलबारदेखि लागू हुने गरी हवाई भाडा बढाएका छन् । निजी वायुसेवा सञ्चालकहरूको संस्था वायु सेवा सञ्चालक संघले हवाई भाडा बढाएको हो । हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढेसँगै इन्धन सहचार्ज बढाएको संघले विज्ञप्तिमार्फत जानकारी दिएको छ । काठमाडौंदेखि धनगढीसम्मको भाडामा २ सय २० रुपैयाँ बढेको संघले जनाएको छ । यसअघि काठमाडौंदेखि धनगढीसम्मको भाडा १२ हजार १ सय रुपैयाँ थियो । तर, अब नयाँ भाडादरअनुसार काठमाडौंदेखि धनगढीसम्म जानका लागि १२ हजार ३ सय २० रुपैयाँ पर्नेछ ।

329
रासस
शुक्रवार, मंसिर २२, २०७४

निर्वाचनका कारण मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फका धैरै उडान कटौती भएका छन् । सरकारले निर्वाचनको समयमा विमान नउडाउन आग्रह गरेको र सर्वसाधारण यात्रु पनि मतदानमा सहभागी हुने हुँदा आन्तरिक उडान सीमित मात्रामा भएको हो । अन्तर्राष्ट्रिय उडान भने नियमित तालिकाअनुसार भइरहेको विमानस्थलले जनाएको छ ।

231
केदार दाहाल
सोमवार, मंसिर १८, २०७४

सगरमाथा कुन हो ? हिमश्रृंखला देख्नेबित्तिकै सबैले गर्ने पहिलो प्रश्न हो यो । विश्वकै अग्लो सगरमाथा आरोहण सबैलाई गर्न कठिन विषय हो । तर, नजिकबाट हेर्ने हुटहुटी नहुने सायदै हुन्छन् । आफू बसेको स्थानबाट केही सय मिटर माथि जानेबित्तिकै सबै रमाउने मानिसको स्वभाव नै हो । आँखै अगाडि सरमाथा देखिँदा खुसी नहुने कुरै भएन । सगरमाथा नजिकबाट हेर्न सगरमाथा बेसक्याम्प, कालापत्थर नै पुग्नुपर्छ भन्ने छैन । केही रकम खर्च गरेर स्याङबोचेसम्म मात्रै जान सक्ने हो भने पनि सगरमाथालाई आँखै अगाडि हेर्न र क्यामेरामा कैद गर्न सजिलै सकिन्छ । स्याङबोचेमा रहेको विश्वकै अग्लो स्थान ३ हजार ८ सय ८० मिटर उचाइबाट सगरमाथालाई नजिकबाट नियाल्न सकिन्छ ।

250
केदार दाहाल
सोमवार, मंसिर १८, २०७४

मुलुकभरका विमानस्थलले ७ अर्ब ४० करोड ४७ लाख ८ हजार २ सय ९२ रुपैयाँ आम्दानी गरेका छन् । देशका ५६ विमानस्थलमध्ये ३२ वटा विमानस्थलमा मात्रै उडान तथा अवतरण हुने गरेका छन् । जसमध्ये आधा दर्जन विमानस्थलमात्र नाफामा सञ्चालन हुने रहेका छन् । बाँकी सबै विमानस्थलको खर्च केन्द्रबाट पठाउने बजेटबाट धानिने गरेको छ ।

187
केदार दाहाल
शुक्रवार, मंसिर १५, २०७४

हवाई क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फ २ वर्षको लागि नयाँ जहाज र एयरलाइन्सको अनुमतिमा रोक लगाउने तयारी गरेको छ । नयाँ जहाजका लागि भएको ‘पार्किङ वे’ले नधान्ने भएपछि आन्तरिकतर्फका सबै एयरलाइन्सलाई नयाँ जहाज ल्याउन कम्तीमा दुई वर्षसम्म रोक लगाउने तयारी भएको हो ।

351
कारोबार संवाददाता
बुधवार, मंसिर १३, २०७४

नेपालकै उत्कृष्ट १० पर्यटकीय गन्तव्यका रूपमा रहेको पाल्पामा पर्यटक आकर्षणका लागि पूर्वाधारहरू निर्माण हुन सकेको छैन । आन्तरिक तथा बाह्य पर्यटकको प्रवल सम्वना भएको पाल्पामा पर्यटकीय क्षेत्रको पर्यटन गुरुयोजनाअनुसार पर्यटन क्षेत्र पूर्वाधार विकास कागजमा मात्रै सीमित बनेको छ ।

289
केदार दाहाल
सोमवार, मंसिर ११, २०७४

मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भइरहेको छ । यसअन्तर्गत हिजो (आइतबार) ३२ जिल्लामा निर्वाचन सम्पन्न भएको छ भने यही २१ गते ४५ जिल्लामा दोस्रो चरणको निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेपनि दोस्रो चरणका लागि सबैजसो राजनीतिक दलहरू आफ्नो घोषणापत्र लिएर गाउँसहर घुम्दै आएका छन् । यसपटकको चुनावमा सबै राजनीतिक दलहरूले पर्यटनलाई देशको अर्थतन्त्रको बलियो आधारका रूपमा लिएका छन् ।

173
कारोबार संवाददाता
बिहिवार, मंसिर ७, २०७४

नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा मंसिर १३ गतेबाट नियमित उडान सुरु गर्ने भएको छ । मेघौली उडान साताका तीन दिन सोमबार, बुधबार र शनिबार अपराह्न १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने निगमले जनाएको छ ।

241
कारोबार संवाददाता
बुधवार, मंसिर ६, २०७४

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१७ को ९ महिनामा २४ हजार २ सय ४२ उडान भएका छन् भने यसबाट २७ लाख ४८ हजार ३ सय ३८ यात्रुले सेवा लिएका छन् । यात्रु संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ लाख ४० हजार ६ सय ६४ जनाले बढी हो । २०१६ मा १९ हजार १२ उडानमार्फत २५ लाख ७ हजार ६ सय ७४ जना अन्तर्राष्ट्रिय हवाई यात्रुले सेवा पाएका थिए । नेपाल आउने र जाने एयरलाइन्स कम्पनीहरुले १२ हजार ४ सय टन कार्गो ढुवानी पनि गरेका छन् ।

242
कारोबार संवाददाता
मंगलबार, मंसिर ५, २०७४

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले खरिद गर्ने वाइडबडी जहाज दक्षिण कोरियाको सोल र जापानको ओशाकामा उडान गर्न प्रक्रिया अगाडि बढाएको छ । निगमले खरिद गर्ने ३३०–२०० सिरिजको वाइडबडी जहाज जेठसम्ममा ल्याइसक्ने योजना छ । निगमले पहिलो चरणमा उक्त दुई गन्तव्यमा उडान गर्नका लागि सम्बन्धित मुलुकसँग अनुमति लिने प्रक्रिया अगाडि बढाएको छ ।

314