कारोबार संवाददाता
शुक्रवार, कार्तिक ३०, २०७५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिने भएको छ ।

266
रासस
शुक्रवार, कार्तिक ३०, २०७५

‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ ।

238
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ३०, २०७५

नगरकोट जाने पर्यटकलाई दोहोरो पर्यटक शुल्क लिएको विरोधमा नगरकोटका व्यवसायीहरू आन्दोलित भएका छन् । भक्तपुर र काभ्रेको सिमानामा पर्ने अन्तर्राष्ट्रिय पर्यटकीय स्थल नगरकोट जाने बाह्य देशका पर्यटकलाई दोहोरो कर तिर्नु परेको बिरोधमा नगरकोटका होटल व्यवसायी, पर्यटन व्यवसायी र होटल मजदुरहरूले बिहीबार राजधानीमा प्रदर्शन गरेका छन् ।

400
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ३०, २०७५

नेपाल वायुसेवा निगमले जहाज किन्न ल्याएको ऋणको चर्को ब्याजका कारण मासिक घाटा बढ्दै गएको भन्दै सरकार गुहारेको छ । निगमले बिहीबार स्वेतपत्र सार्वजनिक गर्दै पछिल्लो समय थप गरिएका वाइडबडी जहाजका कारण ऋणको भार थपिएकाले ब्याज दायित्वले दैनिक सञ्चालनको लागि तरलता अभाव हुने भन्दै सरकारसँग पुँजी वृद्धिको माग गरेको हो ।

204
कारोबार संवाददाता
बिहिवार, कार्तिक २९, २०७५

सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि नेपालकै प्रख्यात मानिएको पूर्वी इलामको अन्तुमा पर्यटक आगमनमा वृद्धि भएको छ । मौसममा सुधार आएसँगै अन्तुमा आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढेको हो ।

189
कारोबार संवाददाता
बुधवार, कार्तिक २८, २०७५

३ करोड लगानीमा कालिञ्चोकमा होटल सुनपाती सञ्चालनमा आएको छ । दसैं–तिहार जस्ता नेपालीहरूको महत्वपूर्ण चाडपर्वसँगै कालिञ्चोक आउनेहरूका लागि लक्षित गरेर सुविधा सम्पन्न होटल सुनापातीले सुरुवात गरेको हो ।

665
हिमेश विक
बुधवार, कार्तिक २८, २०७५

जिल्ला समन्वय समिति कैलालीले कर्णाली नदीमा जलयात्राको अभियान सुरुवात गरेता पनि -याफ्टिङ अभावका कारण अधिकांश पर्यटकहरू फर्किने गरेका छन् । नदीमा पर्यटकलाई जलयात्राका लागि पर्याप्त -याफ्टिङ बोड नहुदा पर्यटकहरू फर्कने गरेका हुन् । जिल्ला समन्वय समिती कैलालीले सुदूरपश्चिम प्रदेशमा पर्यटन, प्रवद्र्धन र आर्थिक समृद्धिका लागि कैलाली भ्रमण वर्ष–२०७५ बैशाख १८ गतेदेखि सुरुवात गरेको छ ।

334
केदार दाहाल
बुधवार, कार्तिक २८, २०७५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सञ्चालन भएपनि रातको समयमा अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूले उडान भर्न अस्वीकार गरेका छन् । विमानस्थलले गत जेठ ७ गतेबाट १८ घन्टा सञ्चालन भइरहेको विमानस्थलको अवधि तीन घन्टा थप गरेको थियो ।

1211
कारोबार संवाददाता
मंगलबार, कार्तिक २७, २०७५

विश्वकै उत्कृष्ट १० मध्येको मस्र्याङ्दी नदीमा पछिल्लो समय जलयात्राको रौनक हराउँदै गएको छ । नदीमा निर्माण भएका विभिन्न जलविद्युत् आयोजनाका कारण -याफ्टिङ तथा कायाकिङ प्रभावित भएको हो ।

293
कारोबार संवाददाता
मंगलबार, कार्तिक २७, २०७५

एयर बस फेमिलीको नयाँ अतिरिक्त व्यावसायिक एयरक्राफ्ट द ए–२२० विश्व भ्रमणका क्रममा नेपालमा पहिलो पटक आएको छ ।

570
रेशमराज रोकाया
सोमवार, कार्तिक २६, २०७५

हिन्दू र बौद्ध धर्मावलम्बीको चालचलन तथा रितीरिवाजका कारण हुम्लामा धार्मिक पर्यटनको निकै सम्भावना छ । बौद्ध धर्म मान्ने स्थानीयको पूजाआजा हेर्न हुम्लाका आन्तरिकदेखि जिल्लाबाहिरका पर्यटकको आवागमन बढ्न थालेको छ । त्यसैगरी भारत तथा तेस्रो मुलुकबाट पनि पर्यटक आइपुग्छन् ।

374
प्रगति ढकाल
सोमवार, कार्तिक २६, २०७५

पछिल्लो समय हिमाली क्षेत्रका राष्ट्रिय निकुञ्जहरूमा पर्यटक आकर्षण बढिरहेको छ । उपयुक्त मौसम । न गर्मी, न बढी जाडो, न त वर्षा नै । कञ्चन देखिने मौसम । सफा मौसममा प्राकृतिक सौन्दर्य नियाल्नुको मज्जा नै बेग्लै । नेपाली पर्यापर्यटन विकासका आधार भनेकै हाम्रा संरक्षित क्षेत्रहरू नै हुन् । जैविक विविधता संरक्षण र वातावरण संरक्षणका लागि निकुञ्ज तथा संरक्षित क्षेत्रले योगदान गरिरहेका छन् । सँगसँगै पर्यापर्यटनको विकास गरेर मुलुकको अर्थतन्त्र बढाउने, रोजगारी अभिवृद्धि गर्दै सर्वसाधारणको जीवनस्तरमा सुधार ल्याएको पनि छ ।

253
कारोबार संवाददाता
सोमवार, कार्तिक २६, २०७५

संखुवासभाको चैनपुर नगरपालिका–३ स्थित पूर्वको प्रसिद्ध तीर्थस्थल सिद्धकाली मन्दिरमा पर्यटकको घुइँचो बढ्न थालेको छ । दसैंतिहार पर्वको रौनक बढेपछि जिल्लाका मात्र नभएर छिमेकी जिल्ला भोजपुर, तेह्रथुम, धनकुटा सुनसरी, मोरङलगायतका जिल्लाबाट समेत पर्यटकहरू दर्शनका लागि आउन थालेका छन् ।

259
कारोबार संवाददाता
सोमवार, कार्तिक २६, २०७५

रामेछापबाट सोलुका लागि विभिन्न विमान कम्पनीले नियमित उडान भर्न थालेपछि रामेछापमा पर्यटकहरूको आमगनमा वृद्धि हुदै गएको छ ।

470
कारोबार संवाददाता
सोमवार, कार्तिक २६, २०७५

धनगढी विमानस्थलमा अधिग्रहण गरिएको जमिनमा स्तरोन्नतिको काम सुरु भएको छ । वर्षातको समयमा जग्गामा पानी जमेकै कारण रोकिएको काम सुरु भएको हो । तारबार र बाटो निर्माणको काम एक महिनामा सम्पन्न गर्ने निर्माण कम्पनीको दाबी छ ।

271