दीननाथ बराल
सोमवार, असार ११, २०७५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको मितिभन्दा छिटो निर्माण हुने बताएका छन् । आइतबार पोखरामा आयोजित पोखरा लेखनाथ महानगरपालिकाको नीति तथा कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले पोखरा विमानस्थलको निर्माण कार्य सबै हिसावले अघि बढेको दाबी गर्दै तोकिएको समय सीमाभन्दा अघि निर्माण हुने भएको बताएका हुन् ।

320
कारोबार संवाददाता
सोमवार, असार ११, २०७५

डडेल्धुराको भित्रीमधेस क्षेत्रमा रहेको पर्शुराम नगरपालिकाले नगरक्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध पहल थालेको छ ।

163
कारोबार संवाददाता
आइतवार, असार १०, २०७५

मुलुककै बहुप्रतिक्षित आयोजनाको रूपमा रहेको राजविराज विमानस्थलमा आज(आइतबार)बाट नियमित उडान हुने भएको छ । यो सँगै सप्तरीवासीको वर्षौंदेखिको हवाई जहाज चढ्ने सपना पनि साकार हुने भएको छ ।

255
रासस
शुक्रवार, असार ८, २०७५

पर्यटकको आगमनमा कमी हुने समय पारेर सौराहाका होटल व्यवसायीले स्तरोन्नतिको काम थालेका छन् । असारमा वर्षभरि नै सबैभन्दा कम पर्यटक आउने गर्छन् । जेठसम्म सामान्य अवस्थामा रहने भए पनि असारमा सौराहा क्षेत्र सुनसान हुन्छ । साउन लागेपछि क्रमशः पर्यटक आगमनमा वृद्धि हुँदै जान्छ ।

299
केदार दाहाल
बिहिवार, असार ७, २०७५

नेपालमा स्थिर सरकार बनेसँगै पर्यटकीय चहलपहल पनि उत्साहजनक देखिएको छ । नेपाल भित्रने पर्यटकको संख्याका आधारमा सन् २०१८ को सुरुवातदेखि नै यस क्षेत्रमा उत्साहजनक चहलपहल देखिएको हो ।

886
रासस
मंगलबार, असार ५, २०७५

नेपाल वायु सेवा निगमको ‘अन्नपूर्ण’ नाम राखिएको वाइड बढी विमान यही असार १४ गते काठमाडौँ आइपुग्ने भएको छ ।

1927
रासस
मंगलबार, असार ५, २०७५

पर्यटन प्रवद्र्धनको उद्देश्यले बागलुङ पर्यटन विकास समिति गठन भएको छ । समितिले तत्कालीन कार्ययोजना बनाएर काम थालेको छ । यसअघि जिल्लास्तरमा एकीकृत ढंगले पर्यटनको काम गर्ने संस्थाको अभाव थियो । पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका क्षेत्रमा समितिले काम गर्ने अध्यक्ष राजु खड्काले बताए ।

254
लक्ष्मीप्रसाद सापकोटा
मंगलबार, असार ५, २०७५

बागलुङ नगरपालिकाले यो साताको दुई उडानमा मात्र १ लाख ४४ हजार ३ सय ३५ रुपैयाँ तिरेको छ । बागलुङ नगरपालिकाले सम्झौताअनुसार यात्रु नपाएपछि हरेक पटकको उडानमा एयरलाइन्सहरूलाई हर्जाना रकम बुझाउँदै आएको छ ।

3247
केदार दाहाल
मंगलबार, असार ५, २०७५

नेपाल र जापानबीच २५ वर्षपछि हवाई सेवा सम्झौता (एएसए) पुनरावलोकन भएको छ । दुई मुलुकबीच सन् १९९३ मा हवाई सम्झौता भएको थियो । २५ वर्षदेखि हवाई सम्झौता पुनरावलोकन हुन नसकेको जापानसँग सोमबार नेपाली र जापानी प्रतिनिधिबीच टोकियोमा भएको १२ घन्टाको वार्तापछि सम्झौता भएको हो । नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

1367
कारोबार संवाददाता
आइतवार, असार ३, २०७५

नेपालले दिगो पर्यटनका क्षेत्रमा बहुराष्ट्रिय साझेदारी गर्न सक्नेमा विज्ञहरूले जोड दिएका छन् । खासगरी पर्यटनकै क्षेत्रमा सफल मानिएका मलेसियासहितका पूर्वी एसियाली मुलुकसँगको साझेदारी नेपालका लागि उपयुक्त हुने उनीहरूको ठहर छ ।

631
कारोबार संवाददाता
आइतवार, असार ३, २०७५

नेपालको लामो प्रयाशपछि अन्ततः भारतले थप ४ हवाईमार्ग उपलब्ध गराउने भएको छ । नेपाल र भारतका हवाई अधिकारीबीच भएको तीन दिने छलफलपछि महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र वीरगन्जबाट पनि नेपाल आउने जहाजलाई प्रवेश दिन भारत सहमत भएको हो ।

1242
कारोबार संवाददाता
शुक्रवार, असार १, २०७५

कर्णाली प्रदेशका साँघुरा धावनमार्ग र सरल हवाई रुट नभएका कारणले यहाँ बर्सेनि विमान दुर्घटना हुने गरेको छ । कर्णालीमा भएका विमान दुर्घटना परी ४५ जनाभन्दा बढीको ज्यान गइसकेको छ भने हजारौं घाइते तथा अंगभंग भएका छन् । यस्तो छ इतिहास

612
कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५

प्रशस्त पर्यटकीय सम्भावना भएर पनी संरक्षण, व्यवस्थापन, पूर्वाधार, प्रचार–प्रसारको अभावमा ओझेलमा परेको अन्नपूर्ण गाउँपालिका १ दोवाको सेकारकुमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न पहल थालिएको छ ।

351
सागर परियार
बिहिवार, जेठ ३१, २०७५

स्तरोन्तिको अभावमा कर्णालीका विमानस्थलहरू असुरक्षित बन्दै गएका छन् । एकपछि अर्को गर्दै कर्णालीका विमानस्थलमा जहाज हेर्दा हेर्दै दुर्घटना हुनुले यहाँका विमानस्थलहरू निकै असुरक्षित रहेको पाइएको छ ।

334
केदार दाहाल
बिहिवार, जेठ ३१, २०७५

नेपाल र भारतपक्षबीच नयाँ हवाई प्रवेश विन्दुको विषयमा बिहीबार (आज)देखि वार्ता हुदैंछ । दुवै देशका प्रतिनिधिबीच शनिवारसम्म हुने वार्तामा नयाँ सहमति जुट्ने अपेक्षा गरिएको छ ।

1096