कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५

स्याफ्रुबेँसी, लाङ्टाङ र स्याङजेन क्षेत्रलाई रेडपाण्डा पदमार्ग नामकरण भएपश्चात् आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ ।

342
केदार दाहाल
मंगलबार, जेठ २९, २०७५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी वेपत्ता भएको छ । गत असोजमा विमानस्थलको ३ सय मिटर धावनमार्ग विस्तारको जिम्मा पाएको चीनको सांघाई कन्स्ट्रक्सन कम्पनी सम्पर्कविहीन छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीलाई १८ महिनाभित्र ३ सय मिटर धावनमार्ग निर्माणको जिम्मा दिएको थियो ।

2118
दीपकराज जोशी
सोमवार, जेठ २८, २०७५

विश्वमा अहिले प्रचारको शैली परिवर्तन भएको छ । नेपालमा पनि पर्यटनको विकासको लागि पूर्वाधारका संरचना खडा गर्दै पर्यटकीय गन्तव्यको प्रचार शैलीमा परिर्वतन जरुरी रहेको छ । प्रवद्र्धनबाटै पर्यटक भित्र्याउन सकिने भएकोले पनि अब पुरानो शैलीलाई परिर्वतन गर्दै डिजिटलमा जानुको विकल्प छैन ।

326
कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५

चुरेन र गुर्जा हिमालको फेदीमा अवस्थित अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको धौलागिरी गाउँपालिका–१ गुर्जा गाउँमा होमस्टे सेवा सुरु भएको छ ।

357
रासस
आइतवार, जेठ २७, २०७५

जंगल सफारीसँगै हात्तीबाट मनोरञ्जन लिनका लागि सौराहामा हात्तीपार्क बनाइने भएको छ । हात्ती चढेर निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुम्नुका साथै नदीमा नुहाउन र खेल्न हात्तीलाई प्रयोग गरिँदै आएको छ । यससँगै ज्येष्ठ उमेर भएका र सफारीमा जान नसक्ने हात्तीलाई प्रयोग गरेर हात्तीपार्क निर्माण गर्न लागिएको हो ।

251
केदार दाहाल
आइतवार, जेठ २७, २०७५

सरकारले पर्यटन क्षेत्रबाट आगामी तीन वर्षभित्र वार्षिक १ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । सरकारले सार्वजनिक गरेको मध्यकालीन लक्ष्यअन्तर्गत तीन वर्षभित्र वार्षिक २० लाख पर्यटक भित्र्याउने र आम्दानी डेढ खर्ब पुर्याइने छ ।

561
केदार दाहाल
बिहिवार, जेठ २४, २०७५

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उडान ‘प्रोसिड्युअर’ (कार्यविधि) नै डिजाइन नगरी निर्माण सुरु गरिएको पाइएको छ । सिभिल कन्स्ट्रक्सन सुरु हुनुअघि तयार हुनुपर्ने उडान प्रोसिड्युअर डिजाइनबिना नै निर्माण कार्य थालेकोे पाइएको हो । लामो विवादकाबीच निर्माण सुरु भएको पोखरा विमानस्थलको हालसम्म पनि कस्तो जहाजले उडान गर्न सक्छ भन्ने डिजाइन तयार भएको छैन ।

2959
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

पर्यटन प्रवद्र्धन गर्ने क्रममा हालसालै बेलायतको विभिन्न सहरहरूमा नेपाल पर्यटन शिखर सम्मेलन सम्पन्न भएको छ ।

416
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

सारथी श्रृजनशील समाज नेपालले २०७५ लाई ‘नेपाल–भारत धार्मिक साँस्कृतिक कृषि पर्यटन प्रवद्र्धन’ वर्षका रूपमा मनाउने जानकारी दिएको छ ।

435
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि अयोग्य भएको सरकारी अध्ययनले नै देखाएको छ । संष्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्र्तराष्ट्रिय उडानका लागि योग्य नरहेको प्रतिवेदन तयार पारेको हो ।

8174
रेशमराज रोकाया
सोमवार, जेठ २१, २०७५

हुम्लाको प्रसिद्ध गुम्बा रल्लिङमा हरेक वर्ष वैशाख पूर्णिमाको दिन हुम्ला जिल्लाभरीका भक्तजनहरू भेला भएर पूर्णिमा मनाएका छन् । सदरमुकाम सिमिकोटदेखि करिब ६ घण्टाको पैदल यात्रापछि पुगिने रल्लिङमा यो वर्ष करिब १ हजारभन्दा बढी भक्तजनको उपस्थिती रहेको थियो । प्राचिनकालको जुम्लाका राजा अशोक चल्लले लेखेको ताम्रपत्र यहाँ भेटिएको छ ।

724
कारोबार संवाददाता
सोमवार, जेठ २१, २०७५

प्रशस्त धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित गन्याप ताल क्षेत्रलाई मिनि खप्तडको रूपमा विकास गरिने भएको छ । ६ वटा पाटन रहेको गन्याप ताल क्षेत्रलाई पर्यटकीय रूपमा विकास गर्न मिनि खप्तडका रूपमा चिनाउन अभियानसमेत थालिएको छ ।

733
कारोबार संवाददाता
सोमवार, जेठ २१, २०७५

दोस्रो हिमालय ट्राभल मार्ट २०१८ सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अगुवाइमा भएको मार्टमा २६ वटा देशहरुबाट ५९ कम्पनी सहभगी रहेका थिए ।

566
राजेन्द्र बस्नेत
सोमवार, जेठ २१, २०७५

ग्रामीण स्तरमा पर्यटन प्रवद्र्धन गर्दा स्वरोजगार सिर्जना भई आर्थिक विकासमा सहयोग पुग्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्प कँडेलले बताए ।

326
कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५

हवाई विभागले देशभरिकै जाहाजको उडान भाढा बढाएसँगै फाप्लु–काठमाडौंको भाडा पनि आकासिएको छ । निजी विमान कम्पनीहरु चार्टर उडान गर्न प्रतिबन्ध लगाएसँगै नियमति उडानमा सरकारले भाडा बढाएको हो ।

424