दिननाथ बराल
शुक्रवार, जेठ १८, २०७५

पर्यटकीय नगरी पोखरामा साहसिक खेल प्याराग्लाइडिङ गर्दा पटक–पटक जोखिम बढेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाअकषर्ण भएको छ ।

606
केदार दाहाल
शुक्रवार, जेठ १८, २०७५

नेपाल वायुसेवा निगमले जापान तथा दक्षिण कोरियाको उडान अनुमति तत्काल पाउने नदेखेपछि नयाँ वाइडबडी जहाजबाट दुबई उडान गर्ने भएको छ । निगमले पहिलो उडान नै दुबईबाट गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘स्लट’ मागेको छ । निगमले खरिद गर्न लागेको दुई थान एयरबस ३३०–२०० सिरिजको वाइडबडी जहाज केही समयभित्रै नेपाल आउँदैछ । निगमको पहिलो वाइडबडी जहाज असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुँदैछ ।

3684
कारोबार संवाददाता
बिहिवार, जेठ १७, २०७५

कहिले बिमान उड्ला भन्दै आकाशतिर नियाल्दै बसेका स्थानीयको सपना पूरा हुन लामो समय छैन । इलाममा निर्माणाधीन सुकिलुम्बा विमानस्थल अब परीक्षण उडानका लागि तयार भइसकेको छ । पटक–पटक परीक्षण उडान हुन्छ भन्ने हल्ला सुनेका स्थानीयले अब भने आकाशमा इलामबाटै उडेको प्लेन हेर्न पाउने भएका छन् ।

765
केदार दाहाल
बुधवार, जेठ १६, २०७५

आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत नेपाललाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न ठूला पूर्वाधारमा विशेष जोड दिने घोषणा गरिएको छ भने पर्यटन प्रवद्र्धनलाई समेत जोड दिँदै दुई वर्षभित्र वार्षिक २० लाख पर्यटक भित्र्याउन भिजिट नेपाल २०२० अभियान कार्यक्रमसमेत घोषणा गरिएको छ ।

543
कारोबार संवाददाता
सोमवार, जेठ १४, २०७५

रारा तालको पर्यटन प्रबद्र्धनका लागि एउटै खुट्टाको भरमा कैलाली लम्की चुहा नगरपालिकाका यमलाल रसाइली रारा तालको यात्रामा निस्किएका छन् । रसाइली फरक क्षमताका साइकल यात्राबाट गरेर रारातालको भ्रमण निस्किएका हुन् ।

390
कारोबार संवाददाता
सोमवार, जेठ १४, २०७५

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ मा रहेको करबाकेलीलाई केन्द्रित गरेर नयाँ पर्यटकीय पदमार्ग पहिचान भएको छ । करबाकेली पर्यटन व्यवस्थापन समितिले बेनी, कराबाकेली, पुनहिल हुँदै कास्कीको बिरेठाँटीलाई समेटेर करबाकेली ईको ट्रेकको पहिचान गरेको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।

546
कारोबार संवाददाता
सोमवार, जेठ १४, २०७५

बारामा पर्यटनको पर्याप्त सम्भावना भए पनि तिनको प्रवद्र्धन हुन सकेको छैन । प्रत्येक पाँच वर्र्षमा लाग्ने बाराको बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मेलामा मेला अवधिभर करोड बढी दर्शनार्थी आउने गरे पनि अन्य समय धार्मिक पर्यटक आउने गरेको पाइँदैन । उचित प्रचार र सम्बन्धित निकाय र मन्दिरको संघसंस्था सुस्त रहँदा यस्तो अवस्था आएको हो ।

389
विप्लव काफ्ले
सोमवार, जेठ १४, २०७५

मेघौली पर्यटन समितिले ‘मेघौली’ क्षेत्रलाई महानगरको मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बजेट विनियोजन गर्न माग गरेको छ । मेघौलीमा नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको दुइ दिने ‘पर्यटन अभिमुखीकरण गोष्ठी’ मा समितिका अध्यक्ष हरिचन्द्र महतोले महानगरले मेघौली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने गरी योजना छनोटमा ध्यान दिनुपर्नेमा बताए ।

1098
प्रगति ढकाल
सोमवार, जेठ १४, २०७५

पछिल्लो समय प्राकृतिक सौन्दर्यतामा पर्यटकको मोह बढिरहेको छ । प्राकृतिक सम्पदामा धनी देश नेपाल भनेर विश्वसामु परिचित छ ।

591
दिननाथ बराल
सोमवार, जेठ १४, २०७५

पर्यटकीय नगरी पोखरामा विगत दुई महिनादेखि सञ्चालन हुँदै आएको सवारी साधन निशेषित क्षेत्र (नो भेइकल जोन) प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको लेकसाइडस्थित हल्लनचोकदेखि बाराही घाटसम्मको क्षेत्रलाई गत चैत ९ गतेदेखि सुरु भएको हप्ताको दुई दिन (शुक्रबार र शनिबार बेलुका ५ देखि राति १ बजेसम्म) उक्त कार्यक्रम प्रभावकारी हुन नसक्दा आफूहरूको व्यवसाय र पर्यटकहरूले समेत सास्ती भोग्नु गरेको केही पर्यटन व्यवसायीहरूले गुनासो गरेका हुन् ।

1042
लक्ष्मी सापकोटा
आइतवार, जेठ १३, २०७५

गाउँघरमै पाइने कोदोको ढिँडो, गुन्द्रुक, मकैका परिकार, स्थानीय कुखुराको मासु जस्ता अर्गानिक खाने कुराले पाहुनाको स्वागत गर्न महाशिला गाउँपालिका–५ दुक्तान र वडा नम्बर ४ लामतुङमा होेमस्टे सञ्चालनमा आएको छ । यहाँ भर्खरै सञ्चालन गरिएका होमिस्टेमा गाउँमा पाइने २७ प्रकारका परिकार पाहुनालाई ख्वाउने योजना बनाएका छन् ।

438
केदार दाहाल
आइतवार, जेठ १३, २०७५

नेपाल घुम्न आउने पर्यटकको नेपाल बसाइ अवधि घटेको छ । पछिल्लो तीन वर्षको तथ्यांकमा भन्दा सन् २०१७ मा बसाइ अवधि घटेको हो ।

1053
कारोबार संवाददाता
शुक्रवार, जेठ ११, २०७५

लामो समयदेखिको प्रतिक्षापछि राजविराज विमानस्थलबाट असारको १ अघि नै नियमित उडान सुरु हुने भएको छ । श्री एयरलाइन्सको ९ एएएमए जहाजबाट काठमाडौंदेखि राजविराज विमानस्थलको रनवे उद्घाटन गर्न बिहीबार आएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले यो जानकारी दिएका हुन् ।

591
कारोबार संवाददाता
मंगलबार, जेठ ८, २०७५

पर्यटकीय जिल्ला इलाममा थप पर्यटक भित्र्याउनका लागि प्याराग्लाइडिङको आवश्यकता महसुस गर्न थालिएको छ । यहाँ जन्मिएर लामो समयसम्म हङकङमा रही हाल पोखरा बस्दै आउनुभएकी सुमित्रा राईको पहलमा प्याराग्लाइडिङको संभावना अध्ययन गरिएको हो ।

420
कारोबार संवाददाता
सोमवार, जेठ ७, २०७५

म्याग्दी । प्र्रशस्त धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको मुस्ताङको थासाङ गाउँपालिका २ को नाउरीकोट गाउँ ओझेलमा परेको छ । ठोस योजना, पूर्वाधार र प्रचारप्रसारको कमीले प्राकृतिक सौन्दर्यले भरिपूर्ण नाउरीकोट ओझेलमा परेको हो ।

467