केदार दाहाल
बुधवार, श्रावण २३, २०७५

निषेधित क्षेत्रमा हेलिकप्टर उडान गर्न अब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत अनुमति चाहिने भएको छ । १३ जिल्लालाई सरकारले निषेधित क्षेत्र मान्दै प्रत्येक उडानको लागि अनुमति लिनुपर्ने व्यावस्था गरेको छ । विगतमा नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा गृह मन्त्रालयले सिधै अनुमति दिँदै आएको थियो ।

448
कारोबार संवाददाता
मंगलबार, श्रावण २२, २०७५

बाह्य र आन्तरिक पर्यटनलाई लक्ष्ति गर्दै प्रदेश २ मै बाराको निजगढ नगरपालिका–४ स्थित सहिद हिरालाल पार्कमा निर्माणाधीन भ्यू–टावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

350
कारोबार संवाददाता
सोमवार, श्रावण २१, २०७५

प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले पाटा नेपाल स्टुडेन्ट च्याप्टर सदस्यहरुबीच पब्लिक स्पिकिङ्ग र कन्टेन्ट राइ्टिङ्ग गरी २ वटा विधामा प्रतिस्पर्धा सम्पन्न गरी पाटा युथ ट्यालेन्ट क्वेस्टको दोस्रो संस्करण सोमबार सफलतापूर्वक सम्पन्न गरेको छ ।

270
कारोबार संवाददाता
सोमवार, श्रावण २१, २०७५

विश्वमा हरेक वर्ष १ अर्ब ३२ करोड पर्यटक घुम्न निस्किने गरेका छन् । यस्ता पर्यटकहरूको पहिलो रोजाइमा युरोपेली मुलुक फ्रान्स पर्ने गरेको छ । त्यस्तै विश्वभरबाट घुम्न निस्कनेहरूमा पनि सबैभन्दा धेरै यूरोपेलीहरू नै रहेका छन् । एक तथ्यांकअनुसार वार्षिक ६७ करोड युरोपेली भ्रमणमा निस्कने गरेका छन् ।

302
प्रकाश पाक्साँवा
सोमवार, श्रावण २१, २०७५

जिल्लाको छथर गाउँपालिकाले देशकै पहिलो प्रधानमन्त्री पार्क निमार्णका लागि योजना तयार गरेको छ । पार्क निमार्णका लागी गाउँपालिकाले तेश्रो गाउँसभामा रकम विनियोजनसमेत गरेको छ । छथरलाई पर्यटकीय गन्तब्यको रूपमा विकास गर्ने उद्देश्यका साथ पार्क निमार्णका लागी योजना तयार गरिएको गाउँपालिकाका प्रमुख सन्तवीर लिम्बुले बताए ।

605
कारोबार संवाददाता
सोमवार, श्रावण २१, २०७५

सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’मनाउने घोषणा गरिरहेको बेला मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रूपमा रहेको ठमेल भने पानी पर्दा हिलो तथा घाम लाग्दा धूलोका कारण समस्यामा छ । ठमेलका प्रमुख चोक तथा गल्लीमा ढल र मेलम्ची खानेपानी आयोजनाको लागि खनिएका खाल्डा नपूर्दा उक्त समस्या उत्पन्न भएको हो ।

428
केदार दाहाल
सोमवार, श्रावण २१, २०७५

सरकारले देशभर थप १ सय नयाँ पर्यटकीय गन्तव्य थप्ने तयारी गरेको छ । नयाँ गन्तव्यको खोजी र प्रवद्र्धन गर्न नसकेको आरोप लागिरहेका बेला सरकारले यसपटक भने बजेटमै गन्तव्य खोजी गर्ने कार्यक्रमलाई समेटेको छ ।

407
कारोबार संवाददाता
सोमवार, श्रावण २१, २०७५

वि.स. ०४२ सालबाट निर्माण कार्य थालिएको नरहरिनाथ गाउँपालिका–१ को कोटबाडा विमानस्थल परीक्षण उडान मात्रै सीमित भएको छ । वि.सं. ०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलमा कसैलेका पनि चासो नजाँदा परीक्षण उडान मै सीमित भएको हो ।

258
कारोबार संवाददाता
आइतवार, श्रावण २०, २०७५

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्दै गएको छ । शुक्लाफाँटा घुम्न आउने आन्तिरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको हो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष निकुञ्जमा स्तरोन्नति भएपछि स्थानीय सरकारले पनी प्रचार–प्रसार गर्दा पर्यटकको संख्यामा वृद्धि भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताए ।

287
केदार दाहाल
शुक्रवार, श्रावण १८, २०७५

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ९ महिनापछि एसियाली विकास बैंक (एडीबी)ले रकम निकासा गर्ने भएको छ ।

2271
कारोबार संवाददाता
बिहिवार, श्रावण १७, २०७५

ओखलढुंगाको चम्पादेवी गाउँपालिकास्थित विलन्दुमा ऐतिहासिक महत्व बोकेका एक दर्जनभन्दा बढी सुरुङ पुरिन थालेका छन् । पुर्खाहरूले लडाइँ लड्न र तामा निकाल्नका लागि प्रयोग गरेका सुरुङ संरक्षणविहीन हुँदा पुरिने क्रम बढेको हो ।

981
केदार दाहाल
बिहिवार, श्रावण १७, २०७५

नागरिक उड्डयन प्राधिकरणले देखाएको नाफामै महालेखाले आशंका व्यक्त गरिरहेका बेला सञ्चालक समितिले भने फेरि कर्मचारीलाई करोडौं बोनस बाँड्ने निर्णय गरेको छ । महालेखाको ५५ औं वार्षिक प्रतिवेदनमा नाफा सम्बन्धमा फरक÷फरक हिसाब आएकोले कर्र्मचारीलाई वोनस वितरण गर्नु गैरकानुनी हुने उल्लेख छ ।

946
कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५

उपत्यकामा पर्यटन विकासका लागि पर्यटन परिपथ बनाइने भक्तपुर, १५ साउन (रासस) ः उपत्यकाका ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेका पुराना पाँच नगरपालिकाले काठमाडौं उपत्यकालाई पर्यटन परिपथ बनाएर जोड्ने भएका छन् ।

370
रासस
मंगलबार, श्रावण १५, २०७५

धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा परिचित सिन्धुपाल्चोक उत्तर पश्चिम क्षेत्रमा पर्ने पाँचपोखरीमा केबलकार बनाउन पहल शुरु भएको छ ।

1879
केदार दाहाल
मंगलबार, श्रावण १५, २०७५

पदयात्री पर्यटकलाई नक्कली बिरामी बनाएर उद्दार गरी बिमाबाट रकम असुल्ने धन्दा अर्थात ‘फेक रेस्क्यु’ मा संलग्न २० संस्थालाई कारबाहीको सिफारिस गरिएको छ । फेक रेस्क्यु गराएर पुनर्बिमा कम्पनीसँग लाखौं रकम असुल गर्ने संगठित गिरोहलाई कारबाही गर्न सिफारिस गर्दै छानबिन समितिले ७ सय पृष्ठ लामो प्रतिवेदनसमेत सरकारलाई बुझाएको हो ।

1181