एजेन्सी
सोमवार, आश्विन २२, २०७५
3103

द हेग-अबुधाबीबाट एम्सटर्डमका लागि उडेको विमानमा यात्रुबीच झगडा भएको छ । यात्रुको झगडाका कारण नेदरल्यान्डको वायुसेनाले आफ्नो दुईवटा एफ–१६ लडाकु विपमाननै परिचालन गरेको थियो ।
यद्यपि वायुसेनाले हुन सक्ने कुनैपनि सम्भावित खतरालाई मध्यनजर गर्दै यो कदम उठाएको हो । विमानमा यात्रुबीच भएको लडाइलाई विमानका कर्मचारीले सम्हालेका थिए ।

एक अधिकारीका अनुसार आफ्नो सीटमा जानका लागि निर्देशन दिँदा २९ वर्षिय अमेरिकी यात्री रिसाएका थिए । विस्तारै विवाद बढ्दै गयो । यद्यपि क्याबिन क्रु तथा अन्य यात्री मिलेर उक्त अमेरिकी युवकलाई सम्हाल्न सफल भएका थिए ।
यो झडपमा केही यात्रुलाई सानो चोट लागेको थियो र दुई यात्रुको आखामा नीलो डामनै बसेको थियो । घटना लगत्तै विमानलाई शिफोल विमानस्थलमा उतारिएको थियो । उक्त स्थानमा प्रहरीaले अमेरिकी युवकलाई पक्राउ समेत गरेको थियो ।
प्रारम्भिक परिक्षणपछि अधिकारीहरुले उक्त व्यक्ति मानसिक असन्तुलनको शिकार भएको पाइएको बताएका छन् । यसपछि उक्त युवकलाई मनोचिकित्सा संस्थामा पठाइएको थियो । अधिकारीले एयरलाइन्सको नाम भने बताएका छैनन् ।