कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५
367

नयाँ दिल्ली-बुधकार अमेरिकी डलरसँगको विनिमयमा भारतीय रुपैयाँमा २३ पैसको सुधार आएर ७४.१६ रुपैयाँ कायम भएको छ । निर्यातकर्ताले अमेरिकी डलरको बिक्री गरे काले विदेशी बजारमा अमेरिकी डलरको अवमूल्यन भएकाले भारतीय रुपैयाँमा पनि सुधार आएको हो ।
वित्तीय प्रणालीमा १२ हजार करोड रुपैयाँ प्रवाह गर्ने आरबीआईको निर्णयले पनि रुपैयाँमा सुधार आएको हो । अक्टोबरमा ११ मा सरकारी ऋणपत्र खरिद गर्ने निर्णय गरेर आरबीआईले वित्तीय प्रणालीमा यो परिमाणको रकम प्रवाह गरेको हो ।

घरेलु सम्पत्ति बजारमा उच्च सुरुवातले पनि स्वदेशी मुद्राको सुधारमा सहयोग गरेको छ । बेन्चमार्क बीएसई सेन्सेक्स ११०.२० अंक अर्थात् ०.३१ प्रतिशतले वृद्धि भई ३४४०९.६७ कायम भएको छ ।
सुरुको कारोबारमा विदेशी विनिमयको बजारमा रुपैयाँमा २३ पैसाले सुधार आएर ७४.१६ रुपैयाँ कायम भएको छ ।
मंगलबार अमेरिकी डलरसँगको विनियममा रुपैयाँमा ३३ पैसाको गिरावट आएर इतिहासकै न्यून अर्थात् ७४.३९ रुपैयाँ कायम भएको थियो । उच्च तेलको मूल्य, डलरमा आएको मजबुती र विदेशी कोषको बाह्य प्रवाहमा भएको वृद्धिले अमेरिकी डलरसँगको विनिमयमा भारतीय रुपैयाँको अवमूल्यन भएको हो ।