एजेन्सी
आइतवार, आश्विन २८, २०७५
616

बेइजिङ-हाल हाम्रो बगैचामा रातो, सतो र गुलाफी रङका गुलाफहरु मात्रै धेरै फुल्ने गरेका छन् । तर अब नीलो गुलाफ पनि फूलाउने प्रविधिको विकास भएको छ । वैज्ञानिकाले यस्तो तरिका खोजका छन्, जसको माध्यमबाट नीलो गुलाफ पनि फूलाउन सकिने भएको छ ।
चीनको चाइनिज एकेडेमी अफ साइन्सेस तथा जियानजिन युनिभर्सिटीका शोधकर्ताले भनेका छन्,“हामीले यस्तो सहज प्रक्रिया खोजेका छौ जसका माध्यमबाट नीलो रङको गुलाफको फूल फूलाउन सकियोस् ।” हालसम्म प्रकृतीमा नीलो गुलाबको प्रकृती अस्तित्वमा छैन । यो भन्दा पहिलेप नि २० वर्षको अथक प्रयासपछि केही वैज्ञानिकले नीलो गुलाफ फूलाउने सफलता प्राप्त गरेका थिए । उनीहरुलाई जिनेटिक इन्जिनियरिङ तथा केही छनौट गरिए को नस्लको संयोजनबाट यो सफलता मिलेको थियो ।

यद्यपि यो गुलाफ नीलको सट्टा हलुका बैजनी भएको थियो । एसीएस सिन्थेटिक बायोलोजी जर्नलमा प्रकाशित अध्ययनका अनुसा शोधकर्ताले दुई ब्याक्टेरियल इन्जाइमको छनौट गरेका छन् । यी दुई तत्व एक साथ हुनाले एल–ग्लूटामाइनलाई ब्लू पिग्मेन्टमा परिवर्तन गर्न सक्छन् ।
शोधकर्ताका अनुसार यो विश्वकै पहिलो नीलो गुलाब हो ।