एजेन्सी
सोमवार, आश्विन २९, २०७५
956

बर्लिन-पश्चिम जर्मनीको हेजे सहरमा आइतबार दिउसो करिब साढे तीन बजे एउटा सानो विमान भीडमा खसेको छ । या दुर्घटनामा एक बच्चा समेत तीन जनाको मृत्यू भएको छ । यसका अतिरिक्त धेरै मानिस गम्भिर रुपमा घाइते भएका छन् ।
स्थानिय सञ्चार माध्यमका अनुसार बेसरकुपेमा अवतरणको कोशिश गर्दाको समयमा पाइलटले विमानमाथिको नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो । विमान अवतरणको समयमा विमानमा केही गडबडी आएको थियो ।
पाइलटले अवतरणका लागि दुई पटक कोशिस गरेका थिए । तर असफल भएको बताइएको छ ।जर्मन अखबार ओस्थेसनको न्यूजका अनुसार सन्तुलन गुमाएपछि पनि विमान भीडमा गएर खसेको थियो ।