कारोबार संवाददाता
आइतवार, कार्तिक १८, २०७५
1582

लखनउ-शुक्रबार एउटा ठूलो विमान दुर्घटना टरेको छ । कोलकाता गइरहेको इन्डिगोको एक ए–३२० विमान चरासँग ठोकिएको बताइएको छ । चरासँग ठोकिएपछि विमानलाई हतारमा लखनउनै फर्काइएको थियो । विमानसँग चरा ठोकिएपछि यात्रुहरुबीच खलबली मच्चिएको थियो ।
इन्डिगोका एक प्रवक्ताका अनुसार प्रारम्भिक परिक्षणमा विमान चरासँग ठोकिएको पाइएको थियो । जसका कारण आपतकालिन रुपमा विमान लखनउ हवाई अड्डामा फिर्ता आउनु परेको थियो । यो विषयमा अझै परिक्षण चालिरहेको छ । विमानमा कति संख्यामा यात्रु थिए भन्ने विषयमा अझै केही खुलाइएको छैन ।
भाग्यवस यो घटनामा इन्जिन र पंखामा कुनै नोक्सानी पुगेको छैन । पाइलटले विमानको सुरक्षित किसिमबाट अवतरण गरेका छन् । विमान अवतरणपछिको समयमा भएको परिक्षणमा विमान सकुशल भएको पाइएको छ ।