एजेन्सी
सोमवार, कार्तिक १९, २०७५
537

सूचना प्रविधि र पूर्वाधार क्षेत्रका कारण आगामी २०३० सम्ममा भारतीय अर्थतन्त्र १० ट्रिलियन (१०० खर्ब) डलरको हुने अनुमान गरिएको छ । यो दावी लन्डनमा इन्डो–युरोपियन बिजनेस फोरम (आईबईिएफ) ले आफ्नो रिपोर्टमा गरेको हो । भारत तथा युरोपका बीच व्यापार सम्झौताका लागि समन्वयात्मक भूमिका निभाउने आईबीईएफले रिपोर्टमा भारत सरकारले उठाएको सुधारात्मक कदमतर्फ संकेत गर्दै यस्तो बताएको हो ।
यी सुधारले सूचना प्रविधि तथा पूर्वाधार मात्रै नभएर नविकरणीय उर्जा, रक्षा तथा लजिस्टिकको क्षेत्रमा पनि विकासको नयाँ बाटो खोल्ने बताइएको छ । हाउस अफ लर्डस्मा नयाँ भारतमा लगानीको अवसरको विषयमा आयोजित विश्वव्यापी इन्भेस्टमेन्ट कनक्लेभमा आईबीईएफका इन्डिया लीडर सुनील कुमार गुप्ताले वर्तमान भारतलाई असंख्य अवसरको भूमि भएको बताए ।

उनले आईबीईएफको यो वार्षिक लगानी शीखर सम्मलेनमा भने,“भारतमा युवाको उपस्थितिका साथ मजबुत औद्योगिक आधार, डिजिटलिकरण, पूर्वाधार विकास, स्टार्ट–अप अनुकुलको वातावरण तथा सरकार सरकारको विकासका साथसाथै स्पष्ट भिजनका कारण भारतले अन्य विकासशील अर्थव्यवस्थालाई पनि महत्वपूर्ण प्रतिस्पर्धात्मक लाभ मिलिरहेको छ ।
आईबीएफका संस्थापक अध्यक्ष तथा माल्टा सरकारका आर्थिक सल्लाहकार विजय गोयलले सम्मेलनमा २०१९ मा भारतीय कम्पनीहरुले युरोपेली संघको मुलुक माल्टामा करिब ७ खर्ब २९ अर्ब भारतीय रुपैयाँको लगानी गर्ने बताए । यो लगानी माल्टामा बैंक, विश्वविद्यालय तथा होटल स्थापित गर्नका लागि हुने भनाई उनको थियो ।