एजेन्सी
बिहिवार, कार्तिक २९, २०७५
458

बेइजिङ-चीनमा अक्टोबरमा लगाचार चौथो महिनामा सवारी साधनको बिक्री घटेको छ । बिक्री ओरालो लाग्नुलाई अप्रत्याशित मानिएको छ ।
अघिल्लो वर्षको तुलनामा एसयूभी, सेडान र मिनिभ्यानको खरिदमा १३ प्रतिशतको गिरावट आएर २० लाख माथि कायम भएको चाइना एसोसिएसन अफ अटो म्यानुफ्याक्चररको प्रतिवेदनले देखाएको छ ।

उकासिएको ऋणलाई कम गर्न बैंकले गर्ने कर्जा प्रवाहभाथि कडाई गरिएपछि अटोको माग ओरालो लाग्ने प्रक्षेपण गरिएको थियो । तर अपेक्षा गरिए भन्दा तीव्र दरको गिरावटले नियामक निकायले बिक्री बढाउनका लागि कर कटौती र अन्य लाभको प्रस्ताव ल्याउने अपेक्षा गरिएको छ ।
मथ्थर भएको आर्थिक वृद्धिलाई बढाउने प्रयास गरिरहेका कम्यूनिस्ट नेताका लागि यसले चुनौती थपेको छ ।
अघिल्लो वर्षको समान अवधिको तुलनामा अक्टोबरसम्मको १० महिनाको अवधिमा बिक्री १ प्रतिशतले गिरावट आएर १ करोड ९३ लाख कायम भएको छ । गत वर्षको १.४ प्रतिशतको न्यून विस्तारपछि वृद्धि मध्यम एकल अंकको हुने अपेक्षाको तुलनामा यो धेरै तल हो ।
वर्षाैपछिको अटो बिक्रीमा देखिएको यो गिरावटलाई नर्मल करेक्सन भएको स्वतन्त्र उद्योग विश्लेषक झाङ सिनले बताए ।
“खराब समग्र वातावरणले ठूलो भूमिका निर्वाहा गरेको छ, । यसमा मथ्थर भएको अर्थतन्त्त र चिनियाँ सहरहरुले भिडभाड रोक्न र धुवाको मात्रा कम गर्नका लागि लगाइएको प्रतिबन्धको पनि भूमिका रहेको छ,”झाङले बताए ।
यदी आर्थिक अवस्था खराब भयो भने जनताले पनि कार नकिनेर आफ्नो खर्च घटाउने उनले बताए ।
जनरल मोटर्स, फक्सवागन एजी र अन्य प्रमुख उद्योगहरुका लागि चीन सर्वाधिक ठूलो बजार हो । उनीहरुले आम्दानी वृद्धिका लागि चिनियाँ उपभोक्तालाई लक्ष्य बनाउदै आएका छन् । उनीहरुले स्थानिय रुची अनुसारको मोडल विकास गर्नका लागि अर्बौ डलर खर्च गरिरहेका छन् ।
उनीहरुले भर्खरका तर महत्वाकांक्षि चिनियाँ प्रतिद्वन्द्वीहरु बीवाईडी अटो, गिली अटो र एसयूभी ग्रेट वाल मोटरसँग बढ्दो प्रतिस्पर्धाको सामना गरिरहेका छन् ।
अक्टोबरमा ट्रक र बस लगायतका कुल सवारीको बिक्री ११. प्रतिशतले ओरालो लागेर २४ लाख कायम भएको छ । यो वर्षको हाल सम्मको अवधिमा बिक्रीमा ०.१ प्रतिशतको गिरावट आएर २ करोड २९ लाख कायम भएको छ ।