एजेन्सी
बुधवार, मंसिर १२, २०७५
528

नयाँ दिल्ली-भारतमा अबको ६ वर्षपछि स्मार्टफोन प्रयोगकर्ताको संख्या १ अर्ब पुग्ने अपेक्षा गरिएको छ । इरिक्सनले आफ्नो इरिक्सन मोबिलिटी रिपोर्टमा यो खुलासा गरेको हो । यो रिपोर्टका अनुसार भारतमा आगामी २०२४ सम्ममा स्मार्टफोन प्रयोगकर्ताको संख्या १ अर्ब हुनेछ । यसैगरी सोही वर्ष मोबाइल डाटको प्रयोग आज भन्दा ४ गुणाले बढी हुनेछ । रिपोर्टका अनुसार भारतमा २०१८ मा प्रत्येक महिना ३ एग्जा बाइट (इबी) डाटा प्रयोग हुनेछ । यो २०१४ सम्म बढेर १२ एग्जा बाइट हुने अपेक्षा गरिएको छ ।
विश्वभरी ७ अर्ब भन्दा बढी मोबाइल ग्राहक

इरिक्सनको रिपोर्टका अनुसार विश्वभरीमा हाल ७ अर्ब ९० करोड मोबाइल ग्राहक रहेका छन् । रिपोर्टमा २०१८ को तेस्रो त्रैमासिक अवधिमा सर्वाधिक बढी ३.७ करोड मोबाइल ग्राहक चीनमा थपिएका छन् । यसपछिको दोस्रो स्थानमा ३.१ करोडका साथ भारत रहेको छ । १.३ करोडका साथ तेस्रो स्थानमा इन्डोनेसिया रहेको छ ।
६ वर्षमा ४० प्रतिशतमा फाइभ जीको पहुँच
यो रिपोर्टका अनुसार २०२४ सम्म विश्वभरीको ४० प्रतिशत आवादीमा फाइभ जीको पहुँच हुनेछ । १.५ अर्ब मानिसले यो प्रविधिको प्रयोग मोबाइलको माध्यमबाट गर्ने अनुमान गरिएको छ ।
आगामी ६ वर्षमा उत्तर अमेरिका र उत्तरपूर्वी एसियामा फाइभ जीका सर्वाधिक पहुँच रहनेछ । रिपोर्टका अनुसार २०२४ मा उत्तर अमेरिकामा ५५ प्रतिशत ग्राहक र उत्तरपूर्वी एसियामा ४३ प्रतिशत ग्राहकले फाइभ जीको प्रयोग गर्नेछन् ।
यसैगरी पश्चिी युरोपमा फाइभ जी मोबाइल ग्राहकको संख्या ३० प्रतिशत हुने अपेक्षा गरिएको छ ।