एजेन्सी
बुधवार, मंसिर १२, २०७५
1138

मुम्बई-मुकेश अम्बानीकी छोरी इशा अम्बानीको छोरीको विवाह १२ डिसेम्बरमा हुदैछ । उनको विवाह उनकै साथी आनन्द पिरामलसँग हुदैछ । विवाहको तयारी जोडतोडका साथ चलिरहेको छ । मुकेश अम्बानी र उनको छोरा अनन्त अम्बानी आन्ध्र प्रदेशको तिरुपती मन्दिरमा पुगेका छन् । उनले आफ्नी छोरीको विवाहको कार्ड भगवान बैंकटसमा चढाएका छन् । यो मन्दिरलाई विश्वकै धनी मन्दिर मानिदै आएको छ । तिरुपती मन्दिरमा बाहिर निस्कदा मुकेश अम्बानीले रातो सिल्कको पछ्र्याैरी ओढेका थिए । यो भन्दा पहिले अम्बानी परिवारले मुम्बइको सिद्धिविनायक मन्दिरमा पहिलो कार्ड चढाएका थिए । सेप्टेम्बरमा अम्बानी परिवारले इटालीको लोक कोमोमा इशाको टिकोटालो गरेका थिए । उक्त टिकाटालोको तस्बिर व्यापक भाइरल भएको थियो । टिकाटालेपछि इशा–आनन्दको विवाहको मितीको घोषणा गरिएको थियो । अम्बानी परिवारले विज्ञप्ति जारी गर्दै इशा र आनन्द पिरामलको विवाह मुकेश अम्बानी तथा नीता अम्बानीको मुम्बईस्थित घरमा १२ डिसेम्बरमा हुने बताइएको थियो । यो विवाहमा परिवार तथा विशेष साथीहरु समावेश हुने बताइइएको छ । विवाह भारतीय रीति रिवाज अनुसार हुने पनि बताइएको छ ।
अम्बानी तथा पिरामल परिवार विगत ४० वर्षदेखि साथीसाथी रहदै आएका छन् । भारतकै सर्वाधिक धनी व्यत्ति, मुकेश अम्बानी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष हुन् भने आनन्दका पिता अजय पिरामल ग्रुप अफ कम्पनीजका अध्यक्ष हुन् । मे महिनामा एक निजी पार्टिको समयमा आनन्दले इशा अम्बानीलाई महाबलेश्वर मन्दिरमा प्रस्ताव गरेका थिए ।