एजेन्सी
सोमवार, मंसिर १७, २०७५
382

सिंगापुर-अमेरिका र चीनका राष्ट्रपतिले व्यापार युद्धमा अस्थायी रुपमा बिराम लगाएपछि एसियाली सेयर बजार उकालो लागेको छ ।
जी–२० को शिखर सम्मेलनमा ट्रम्प र सिले अर्को वार्ताका लागि बाटो खुला गर्नका लागि भनेर ९० दिन सम्मका लागि व्यायापारमा भन्सार नलगाउने सहमती जनाएका हुन् ।

विश्वकै दुई ठूला अर्थतन्त्रबीच विस्तार भएको व्यापार युद्धले बजारलाई अस्तव्यस्त बनाएको थियो ।
अमेरिका र चीनले एक अर्काको अर्बौ डलरको सामग्रीमा भन्सार लगाएका थिए । यसले विश्वव्यापी व्यापार र विश्व अर्थतन्त्रमा जोखिमको अवस्था पैदा गरेको छ ।
चीनमा हङकङको हाङसेङ २.७ प्रतिशतले उकालो लागेको छ भने सांघाई इन्डेक्स २. प्रतिशतले उकालो लागेको छ । यसैगरी जापानको निकी–२२५ सूचक १.४ प्रतिशतले उकालो लागेको छ ।
“बजारको बुझाई अनुसार अत्यन्त ठूलो प्रगती हुने जस्तो मलाई लागेको छैन । यो अस्थायी सन्धी हो,” जापानको जेपी मोर्गानका वरिष्ठ अर्थशास्त्री मासामिची अदाचीले बताए ।
“धेरै मानिसले विनासकारी अवस्था आउने आशंका व्यक्त गरेका थिए । यो निश्चित रुपमा राहतको अवस्था हा,” उनको भनाई थियो ।
यो वर्ष अमेरिका र चीन व्यापारिक युद्धमा होमिएका थिए । अमेरिकाले जुलाईदेखि २५०अर्ब डलरका चिनियाँ सामग्रीमा भन्सार लगाएको थियो भने चीनले पनि बदलामा ११० अर्ब डलरका अमेरिकी सामग्रीमा भन्सार लगाएको छ ।
अमेरिकाले चीनमाथि पक्षपातपूर्ण व्यापार अभ्यास गरेको र बौद्धिक सम्पत्तिको चोरी गरेको आरोपमा चीनमाथि भन्सार लगाएको जनाएको छ ।
ट्रम्प र सीबीच जी–२० को सम्मेल नमा भएको बैठकको महत्व उच्च रहेको थियो ।
यदी आगामी सायमा व्यापार सम्झौता हुन नसकेमा अमेरिकाले २०० अर्ब डलरका चिनियाँ सामग्रीमा लगाएको १० प्रतिशतको भन्सारलाई वृद्धि गरेर आगामी वर्ष २५ प्रतिशत पु¥याइने छ । यसले थप चिनियाँ सामग्रीमा भन्सार लगाउने बाटो पनि खुला गर्ने बताइएको छ ।