कारोबार संवाददाता
बुधवार, मंसिर १९, २०७५
662

सिंगापुर-अमेरिकी मौज्दातमा भएको वृद्धि र आर्थिक चुनौती आउन सक्ने चिनियाँ सरकारको चेतावनीपछि विश्वव्यापी सेयर बजार ओरालो लागेपछि तेलको मूल्य ओरालो लागेको छ ।
अन्तर्राष्ट्रिय ब्रेन्ट कच्चा तेलको मूल्यमा प्रति व्यारेलमा १.२१ डलर अर्थात २ प्रतिशतको गिरावट आएर ६०.८७ डलर कायम भएको छ ।

अमेरिकी तेलको मूल्यमा पनि ९२ सेन्ट अर्थात १.७ प्रतिशतले कमी आएर प्रति व्यारेल ५२.३३ डलर कायम भएको छ ।
रोयटर्सका प्राविधिक बस्तु विश्लेषक वाङ ताओले अमेरिकी तेलको मूल्य ५१.७५ डलर प्रति व्यारेलसम्म झर्न सक्ने बताएका छन् । यसैगरी ब्रेन्ट कच्चा तेलको मूल्य पनि चाडैनै प्रति व्यारेल ६० डलरमुनी झर्ने उनले बताएका छन् ।
नोभेम्बर ३० सम्मको सातामा अमेरिकी तेलको मौज्दातमा ५४ लाख व्यारेलले वृद्धि भएको अमेरिकी पेट्रोलियम इन्सटिच्यूट (एपीआई) को प्रतिवेदनपछि मूल्य ओरालो लागेको हो । यसले अमेरिकी तेलको बजार बढ्दो क्रममा रहेको देखाएको छ ।
अमेरिकी सरकारका अधिकारीहरुले तेलको उत्पादन र मौज्दातको तथ्यांक बुधबार अबेर सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
मंगलबार विश्वव्यापी धितोपत्र बजार ओरालो लागेपछिको समयमा अमेरिकी तेलको मूल्य पनि ओरालो लागेको हो ।
विश्वव्यापी आर्थिक परिदृश्यमा अमेरिका र चीनले आफ्नो व्यापार विवाद समाधान गर्लान् वा नगर्लान् भन्ने विषयले प्रभाव पार्ने देखिएको छ । वासिङटन र बेइजिङले गत साता मात्रै ९० दिने व्यापार युद्धमा देखिएको विवादमा सन्धी गरेका थिए ।
विश्वका दुई ठूला अर्थतन्त्रहरुले तनाव सहज बनाउने संकेतको रुपमा चिनियाँ तेल कारोबारी युनिपेकले अमेरिकी कच्चा तेलको सुचारु गर्ने जनाएको छ ।