एजेन्सी
बिहिवार, मंसिर २०, २०७५
591

टोकियो-बिहीबार जापानी आकासमा तेल भर्ने समयमा दुई अमेरिकी विमान ठोकिएका छन् । एफ–१८ लडाकु विमान तथा सी–१३० ट्यांकर ठोकिदा ६ सैनिक बेपत्ता भएका छन् । अमेरिकी रक्षा विभागका अधिकारीका अनुसार यो दुर्घटना जापानको तटबाट करिब ३०० किमीको दुरीमा भएको हो । यद्यपि उक्त दुर्घटनामा एक एयरम्यानलाई भने बचाइएको छ । तर अन्य बाँकि नौसैनिकको बारेमा भने जानकारी मिलेको छैन ।
विमानमा सवार सैनिक फेला पार्नका लागि सर्च अपरेसन सुरु गरिएको छ । यसका लागि डाक्टरले पनि चालक दलका सदस्यलाई सहयोग गरिरहेका छन् । सी–१३० मा ५ तथा एफ–१८ मा दुई सर्भिसम्यान तैनाथ रहेको बताइएको छ । जापानले पनि मरिन्सको खोजीका लागि ४ एयरक्राफ्ट र ३ जहाज पठाएको छ ।

जापानले जहाज पठाएकोमा अमेरिकाले जापानलाई धन्यवाद दिएको छ । अमेरिकी नौसेनाले बयान जारी गर्दैै भनेको छ,“दुवै जहाजले इवाकुनीस्थित मरिन कर्पस एयर स्टेशनबाट उडान भरेका थिए । यस किसिमको उडान नियमति तालिमको हिस्सा हो । तर बिहीबार दुर्घटना भयो । घटनाको जाँच जारी राखिएको छ ।”
अमेरिकाकोतर्फबाट यो पनि भनिएको छ कि जापानमा ५० हजार सैनिक रहेका छन् र दुर्घटनालाई सामान्य मान्न सकिन्न । नोभेम्बरमा पनि अमेरिकी नेभी लडाकु विमान जापाको समुद्रामा दुर्घटना भएकाो थियो । यद्यपि उक्त दुर्घटनामा चालक दलका सदस्यलाई बचाइएको थियो ।
यो भन्दा पहिले पनि अमेरिकी ओस्प्रे हेलिकप्टरमा गडबडी आएको थियो । हेलिकप्टरलाई कैयौ पटक आपतकालिन अवतरण गराउनु बाहेक एक पटक दुर्घटना भएको थियो तथा हेलिकप्टरको हिस्सा छुट्टिएर जापानको स्कुलमा खसेको थियो । यस किसिमका घटनाका कारण जापानमा तनाव भएको थियो । जापानी नागरिकले अमेरिकी बेसमा प्रदर्शन समेत गरेका थिए ।