एजेन्सी
सोमवार, पुष २, २०७५
1733

न्यूयोर्क-न्यूयोर्कको इस्ट रुथरफोर्डको राजमार्गमा ट्रकबाट झरेको नोट उठाउन मानिसबीच भागदौड नै मच्चिएको छ । यसका कारण राजमार्गमा दुई दुर्घटना समेत भएको थियो र थप दुर्घटना रोक्नका लागि यातायातमाथि प्रतिबन्ध समेत लगाउनु परेको थियो ।
यसरी झरेको नोट उठाउनेमा प्रहरी पनि समावेश थिए ।
ट्रकमा इट्टा कम्पनीको ५ लाख डलर यानेकी ५ करोड ५० लाख रुपैयाँ थियो । यो मध्ये ३.४४ करोड रुपैयाँको नोट उडेको थियो । यो रकम लुट्नका लागि मानिसले राजमार्गमा कार नै पार्क गरेका थिए । ईट्टा कम्पनीले ट्रकको ढोका सही तरिकाले नलगाएकाले नोट झरेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार जब मनिसले सडकमा नोट झरेको देखे उनीहरु पागलझै यताउता दौडन थाले । मािनसलाई कुनै पनि किसिमको वास्ता थिएन । नोट उठाउनेमा प्रहरी पनि समावेश भएको प्रत्यक्षदर्शीले बताएका छन् ।