एजेन्सी
सोमवार, पुष २, २०७५
401

वासिङटन-कृतिम बौद्धिकता (एआई) जसले कैयौ उद्योगहरुमा रुपान्तरण ल्याउन सक्छ । यो प्रविधि प्रयोग गरेपछि कार आफै गड्न सक्छ, मुहार पहिचन जसले सुरक्षालाई मजबुत बनाउन सक्छ , तथा यस किसिमको प्रविधिले चिकित्सकले भन्दा उत्तम किसिमबाट क्यान्सरको पहिचान गर्न सक्छ ।
वास्तवमै एआईका कारण विश्वव्यापी जीडीपीमा १४ प्रतिशतको वृद्धि हुने पीडब्लूसीले जनाएको छ । यो प्रविधिको परिचालनले एक दसकको अवधिमा विश्वव्यापी जीडीपीमा १५.७ ट्रिलियन डलर थपिने छ । यसको ७ ट्रिलियन डलरको हिस्सा चीनले लिनेछ भने उत्तर अमेरिकाले ३.७ ट्रिलियनको हिस्सा लिने उक्त संस्थाले जनाएको छ ।

“यो तथ्यांक नयाँ तेल हो, त्यसैले चीन नयाँ साउदी अरेबिया हुनेछ,” काइपूmलीले भन्छन् ।
“यदी तपाईले अनुसन्धानबाट मापन गर्नु हुन्छ भने यसमा अमेरका उक्त भएको र अर्को दसक सम्म पनि रहिरहने छ,” उनले भने । तर मूल्य सिर्जना, बजार पुँजीकरण, कति प्रयोगकर्ता छन्, आम्दानी कतिको हुन्छ भन्नजे विषयको आधारमा चीन पहिलेनै अगाडि देखिएको छ ।
अमेरिकामा आगामी १५ वर्षको अवधिमा एआईले सबै रोजगारीको ४० देखि ५० प्रतिशतसम्म विस्थापित गर्न सक्ने ली बताउछन् ।
चीनको विकास योजना
गो म्याचको समयमा २०१७ को मे महिनामा एआईको विकासले उत्कृष्ट अवस्था कायम ग-यो । यो खेललाई विश्वकै सर्वाधिक जटिल खेलको रुपमा लिने गरिएको छ । विश्वकै उत्कृष्ट मानिने चिनियाँ खेलाडी कि जीले गुगलको प्यारेन्ट कम्पनी अल्फाबेट बिरुद्धको कार्यक्रममा सबै तीन म्याच हारेका थिए ।
पराजित भएको २ महिना भन्दा पनि कमको अवधिमा चीनको केन्द्र सरकारले एआईको क्षमता वृद्धिका लागि महत्वाकांक्षि योजनाको घोषणा ग-यो ।
यो योजनालाई तीन बेन्चमार्कको रुपमा विभाजन गरियो । २०२० सम्ममा एआई प्रविधिसँगको गतीलाई बढाउने, २०२५ सम्ममा एआईको क्रमभंगता गर्ने र २०३० सम्ममा एआईमा विश्वकै नेतृत् वगर्ने रहेका छन् ।
२०१७ मा चिनियाँ संयुक्त पुँजी लगानीकताले एआईमा कीर्तिमानी रकमको लगानी गरेका थिए । यो एआईमा भएको विश्वव्यापी लगानीको ४८ प्रतिशत हो ।
चिनियाँ स्टार्ट अपले २०१७ मा केबल १९ लगानीकर्ताबाट ४.९ अर्ब डलर उठाएका थिए । यसको तुलनामा अमेरिकी समकक्षिे १५५ लगानीकर्ताबाट ४.४ अर्ब डलर मात्रै उठाएका छन् ।
यद्यपि केही आलोचकहरले उक्त क्षेत्रमा अधिक लगानी भएको भएको बताएका छन् ।