एजेन्सी
मंगलबार, पुष ३, २०७५
535

वासिङटन-एफबीआईका पूर्व निर्देशक जेम्स कोमीले मंगलबार झुठ बोलेको तथा विधिको शासनलाई कमजोर बनाएकोमा ट्रम्पको मुक्त कण्ठले आलोचना गरेका छन् । उनले रिपब्लिकन पार्टिका सदस्यलाई उनको बिरुद्धमा उभिनका लागि समेत अपिल गरेका छन् । अमेरिकी सिनेटमा कोमीले भनेका छन्,“अमेरिकी राष्ट्रपति तथा उनका सहयोगीका जाँच एजेन्सीको सम्बन्धमा पटक–पटक झुठ बोल्नाले एफबीआईको छविमा गहिरो धक्का लागेको छ ।”
पूर्व एफबीआई प्रमुखले भनेका छन्,“ती झुका कारण धेरै संख्याका सामान्य मानिस उनीमाथि विश्वास गर्न लागेका छन् । राष्ट्रपतिद्वारा गत साता एफबीआईको बिरुद्धमा गरेको र्कैर्याै ट्वीटप्रति क्रुद्ध कोमीले यो मञ्चका रिपब्लिकन सदस्य सहित अन्य मानिस सत्यसँग राम्रोसँग परिचित छन् । उनीहरुले राष्ट्रपति समक्ष उभिन र सत्य बोल्ने आट जुटाउन आवश्यक छ ।”
ट्रम्पले आफ्नो ट्वीटमा आरोप लगाएका छन्,“उनका पूर्व निजी वकिल माइकल कोहेन तथा पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनको जाँच गदै आफ्नो अधिकारको दुरुपयोग गरेका छन् ।”