एजेन्सी
आइतवार, पुष ८, २०७५
526

नयाँ दिल्ली-भारतको मध्य प्रदेशमा एक महिलाले फासी लगाएकै समयमा बच्चाको जन्म भएको छ ।
यो आत्म हत्याको समयमा महिलालाई प्रशव बेथा लाग्यो र नवजात शिशु नालको माध्यमबाट आमाको खुट्टाको बीचमा झुन्डिनै रह्यो । धेरै समयपछि प्रहरी आयो र महिला चिकित्सकलाई बोलाइएको थियो ।

चिकित्सकले बच्चाको नाल काटे र जिल्ला अस्पतामा पु-याइएको थियो । हाल बच्चा अस्पतालमा पूर्ण रुपमा स्वस्थ नै रहेको छ ।
गरिबीसँग आजित भएर लक्ष्मी नामकी महिलाले आत्म हत्या गरेकि थिइन् । आत्म हत्याको समयमा महिला ९ महिनाको गर्भवती थिइन् । उनका पती सन्तोष ठाकुर खेतमा काम गर्ने मजदुर हुन् । सही समयमा घटनास्थम पुगेकि सब इन्सपेक्टर साहिनीले भनिन्,“म घटना स्थलमा पुगेको समयमा लक्ष्मीको मृत्यू भइसकेको थियो । सोही समयमा मैले अचानक महिलाको खुट्टामा झुन्डिरहेको जिउदो एक नवजात शिशु देखे । जुन मृत महिलाको गर्भनालमा जोडिएर बसेको थियो र उनको खुट्टामा अड्किएको थियो । यो महिलाको यो पाँचौ बच्चा हो । उनी अत्यधिक गरिबीका कारण आफ्ना लालाबालाको देखभाल सही तरिकाले गर्न असक्षम भएकि थिइन् ।”