एजेन्सी
सोमवार, पुष २३, २०७५
1944

वासिङ्टन-नासाका ह्युस्टन बेसमा एक अन्तरिक्ष यात्रीले फोन गरेपछि हंगामा मच्चिएको छ । यो केवल एउटा नम्बर गलत डायलिङका कारण भएको थियो । नासाको जोन्सन स्पेस स्टेसनमा अलार्म घन्टी बजेपछि अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) मा रहेका एक पूरै टिमलाई परीक्षणमा लगाइएको थियो । नेदरल्यान्डका अन्तरिक्ष यात्री आन्द्रे कुइपरले आफ्नो साथ भएको यो घटनाका हालसालै मात्र खुलासा गरेका हुन् ।
अन्तरिक्षबाट भूउपग्रहको माध्यमबाट फोन गर्नका लागि केही विशेष कोड लगाउनु आवश्यक हुन्छ । फोन नम्बरको पहिलो अंक ९ तथा त्यसपछि ०११ लगाएर अन्तरिक्ष यात्रीले फोन गर्न सक्छन् । यद्यपि गुरुत्वाकर्षणको अनुपस्थितिमा आन्द्रेले डायलिङको समयमा जीरो शून्य थिच्न सकेनन् तथा ९०११ को सट्टा ९११ मा कल गरेका थिए ।

९११ अमेरिकाको इमरजेन्सी नम्बर हो । आन्द्रेको यो कलपछि नासामा हंगामा मच्चिएको थियो । यो फोन आउनेबित्तिकै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा कुनै प्रकारको खराबी आएको आशंका व्यक्त गरिएको थियो, जसका कारण अन्तरिक्ष यात्रीले इमरजेन्सी नम्बरमा फोन गरेको अनुमान लगाइएको थियो ।
यो घटनापछि आईएसएसमा रहेका एक टोलीलाई तत्काल घटनाको जाँचका लागि खटाइएको थियो । यद्यपि त्याहाँ कुनै पनि खराबी फेला पार्न सकिएन । यसको जानकारीका लागि कुइपरलाई मेल गरिएको थियो । कुइपरका अनुसार आईएसएसबाट पृथ्वीमा गरिएको ७० प्रतिशत कल सफल हुने गर्छ ।
यो भन्दा पहिले २०१५ मा पनि बेलायतका अन्तरिक्ष यात्री टिम पिकले पनि आईएसएसबाट एक गलत फोन आएको विषयमा बताएका थिए । उनको कल एक महिलालाई गएको थियो । यद्यपि पछि उनले एक ट्विट गरेर यसको माफी मागेका थिए ।