एजेन्सी
बिहिवार, पुष २६, २०७५
600

वासिङटन-अमेजनका सीईओ जेफ बेजोस र उनीकी पत्नीले बुधबार सम्बन्ध विच्छेदको योजना घोषणा गरेका छन् । यसको अर्थ उनको व्यवसायका लागि के होला त ?
जेफ अझै पनि कम्पनीकै ठूला सेयर होल्डरको रुपमा रहेका छन् । कम्पनीको २०१८ को विज्ञप्ति अनुसार उनको कम्पनीमा हालसम्म पनि १६.३ प्रतिशत सेयर रहेको छ । उनले अन्तरिक्ष कम्पनी ब्लू अरिजितको स्थापना गरेका छन् र म्याकिन्जीसँगको २५ वर्षको वैवाहिक अवधिमा वासिङटन पोष्ट पनि किनेका छन् ।

अमेजनको मुख्यालय रहेको र बेजोसको घर पनि रहेको वासिङटनमा यो जोडीले सम्बन्ध विच्छेदनका लागि दर्ता गराएका छन् । जोडीको वैवाहिक अवधिमा भएका सबै सम्पत्ति र ऋणमा श्रीमान र श्रीमती दुवैको बराबार अधिकार र जिम्मेवारी रहन्छ । प्रिनुप्टियल सम्झिौता नभएको अवस्थामा कानुन अनुसार यी सबै सम्पत्ति बराबारी रुपमा बाड्नु पर्छ । यी जोडीबीच यस किसिमको कुनै सम्झौता भए वा नभएको विषयमा कुनै जानकारी आएको छैन ।
सियाटलका डिभोर्स वकिल डेभिड स्टार्कसले बराबरी बाडफाडको अर्थ सम्पत्ति आधा आधा हुन्छ भन्ने नलाग्ने बताएका छन् ।
विशेष अवस्थामा लामो अवधिसम्म दुवैको समान जिम्मेवारी होस् भन्नका लागि अदालतले प्रयास गर्ने स्टार्कसले बताएका छन् । यदी जोडीका एक सदस्यको बढी आम्दानीको सम्भावना भएमा उक्त व्यक्तिले थोरै सम्पत्ति पाउने छ ।
बेजोस जोडिको हकमा जेफको सम्पत्ति १३७ अर्ब डलर हेको छ । अदालतले सम्भवत यो पैसालाई बाड्न सक्ने छ ।
“तपाइले अर्बपतिको रुपमा छोड्दै हुनुहुन्छ भने अदालतले हालसम्मको १० वर्षको अवधिमा को बढी धनी छ भन्ने विषय निक्र्यौल गर्नका लागि समेत समय खर्चिने छ,” स्टार्कसले बताएका छन् ।