एजेन्सी
सोमवार, माघ २८, २०७५
471

लिस्वन-क्रिश्टियानो रोनाल्डोकी आमाले १ दसक भन्दा बढीको अवधिमा क्यान्सरलाई परास्त गरेपछि पुनः जीवनको संघर्ष गरिरहेको बताएकि छन् ।
६४ वर्षिय डोलोरेस अभेइरोलाई २००७ मा स्तन क्यान्सर भएको थियो । उक्त समयदेखि उनलाई शल्यक्रिाय र रेडियो थेरापी गरिदै आएको छ ।

४ सन्तानकी आमाले हाल आएर पुनः आफ्नो अर्को स्तनको शल्यक्रिया गरेको ब ताएकि छन् । उनी रेडियोथेरापीको नयाँ अध्यायनमा पनि प्रवेश गरेकि छन् ।
“म्याड्रिडमा अर्को स्तनको पनि शल्यक्रिया गरिएको छ । मैले रेडियोथेरापी गरेकि थिए र अहाल म जीवनसँग संघर्ष गरिरहेकि छु,” उनले पोर्चुगिज टिभी स्टेसनको अन्तर्वार्तामा बताएकि छन् ।
उनले क्रिश्टियानो रोनाल्डोमाथि बलात्कारको आरोप लगाउने क्याथरिन मायोर्गालाई आक्रमण गरेपछिको अवस्थामा यो आघात पुग्ने घटना स्वीकार गरेकि हुन् । उक्त महिलाले लास भेगासको होटलमा आपूmमाथि रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकि थिइन् ।
“यस किसिमको घटना मेरो छोराले गर्दैन भन्ने आत्मा विश्वास मलाई छ,” उनले भनिन् ।
आफ्नो यो दोस्रो घटनाको बारेमा कसैलाई पनि थाहा नभएको उनले बताइन् ।
म्यान यूका पूर्व स्टार रोनाल्डोले २००९ मा आफ्नी आमाको ज्यान जोगाउने अस्पताललाई क्यान्सर केन्द्रको निर्माणका लागि १ लाख पाउन्ड दान गरेका थिए ।
२००७ को गृष्मकालिन समयमा अभेइरोले आफ्नो दायाँ स्तनको सुन्निएको भाग हटाएकि थिइन् ।