एजेन्सी
मंगलबार, माघ २९, २०७५
614

वासिङटन-अमेरिकी रिपब्लिकन सांसद सेन एलिजावेथ वारेनले राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकाल पुरा गरेको वर्ष अर्थात २०२० को राष्ट्रपति चुनाव भन्दा पहिलेनै जेलमा जाने बताएकि छन् । अमेरिकी रिपब्लिकन सांसद ६९ वर्षिय वारेनले शनिबार आगामी राष्ट्रपति चुनाव लड्ने आधिकारिक घोषणा गरेकि थिइन् ।
म्यासाचुसेट्सकी सिनेटर वारेनले हालै एक राज्यमा भएको जनसभालाई सम्बोधन गर्ने क्रममा भनिन्,“जुन समय हामी वर्ष २०२० मा प्रवेश गर्छौ, ट्रम्प राष्ट्रपतिको पदमा रहने छैनन् । हुन सक्छ उक्त सयमसम्म उनी स्वतन्त्र हुने छैनन् ।” वारेनको यो बयान यस्तो समयमा आएको छ, जुन समयमा उनले राष्ट्रपतिको चुनाव लड्ने घोषणा गरेपछि ट्रम्पले ट्वीटमा जिस्क्याएका थिए ।

वारेनलाई उनको बयानमा स्पष्टिकरण दिनका लागि भनिएकोमा उनले राष्ट्रपतिका कैयौ खुला जाँचतर्फ इसारा गरेकि थिइन् । यसमा विशेष वकिल रोबर्ट मुलरद्वारा गरिएको रुसी अनुसन्धानका अतिरिक्त अन्य दुई मामिलाको जाँच पनि समावेश छ ।
ट्रम्प र वारेनबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण चल्दै आएको छ । अमेरिकामा २०२० को नोभेम्बरमा राष्ट्रपतिको चुनाव हुने छ ।