एजेन्सी
मंगलबार, माघ २९, २०७५
434

वासिङटन-अस्थायी सुरक्षाको दर्जा (टीपीएस) अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णय बिरुद्ध नेपाल र होन्डुरसबाट आएका आप्रवासीकोतर्फबाट आप्रवासन वकिलले सोमबार ट्रम्प बिरुद्ध संघिय मुद्धा दायर गरेका छन् । समान किसिमको तर्क प्रस्तुत गर्दै संघिय न्यायधीशले यस किसिमको सुरक्षाको अन्त्य गर्ने समय पर सारेका छन् । यसले एल साल्भाडोर, निकारागुवा, हैटी र सुडानका आप्रवासीको सुरक्षा अन्त्य गर्ने सयम पनि पर सरेको छ ।
उत्तरी क्यालिफोर्नियाको अमेरिकी जिल्ला अदालतमा दर्ता गरिएको यो मुद्धामा वकिलले टीपीएसको दर्जा पाएका झन्डै १ लाख नेपाली र होन्डुरन आप्रवासीको यो दर्जा अन्त्य गर्ने ट्रम्पको यो निर्णय जातिय विभेदबाट प्रेरित भएको तर्क गरेका छन् । गत वर्ष ट्रम्पले हैटि र अफ्रिकन मुलुक बिरुद्ध यसै किसिमको अभिव्यक्ति दिएका थिए । ट्रम्पको आदेश अनुसार टीपीएस दर्जा पाएर अमेरिकामा बसिरहेका र काम गरिरहेकाहरुले आफ्नो बसाइलाई कायमै राख्नकमा लागि प्रत्येक १८ महिनामा नविकरण गर्नु पर्नेछ ।

गत मार्च महिनामा सोही महिनामा दर्ता भएको अर्को मुद्धामा ट्रम्प प्रशासनको टीपीएस दर्जा अन्त्य गर्ने कदम केही निश्चित आप्रवासीलाई देशबाट सफाया गर्ने प्रयास भएको उल्लेख थियो । ट्रम्पले उनीहरुको देशको खतरनाक अवस्थाको बेवास्ता गर्दै हजारौलाई अमेरिकाबाट भाग्नका लागि बाध्य गरेको मुद्धापत्रमा उल्लेख गरिएको थियो ।
“ट्रम्प प्रशासन टीपीएस अन्त्य गर्ने योजना सहित सत्तामा आएको थियो,”दक्षिणी क्यालिफोर्नियाको अमेरिकान सिभिल लिबर्टिज युनियन वरिष्ठ सल्लाहकार अहिलान टी अरुलानान्थामले बताए । “उनीहरुले आफ्नो बृहत् आप्रवासी एजेन्डाको अंश स्वरुप टीपीएमको अन्त्य गर्न चाहेका हुन्,” उनको भनाई थियो ।