एजेन्सी
बिहिवार, फाल्गुन ३०, २०७५
930

पेरिस-फ्रान्समा एउटा कुखुरा फार्ममा पसेको स्याललाई ३ हजार कुखुराले ठुंगेरै मारेका छन् ।फ्रान्सको कृषि स्कुलमा स्यालको मृत शरीर फेला पार्दा विद्यार्थी पनि अचम्मित परेका छन् ।स्याल साझपख कुखुराको खोरमा प्रवेश गरेको विश्वास विद्यार्थीहरुले लिएका छन् । उक्त स्याल प्रकाश नियन्त्रित ढोकाबाट प्रवेश गरेको थियो । सूर्यास्त भए लगत्तै उक्त ढोका बन्द हुने गर्छ । स्याल पनि साझपख प्रवेश गरेकाले ढोका बन्द भएको र लगभग ३ हजार कुखुराले ठुंगेरै मारेको विश्वास विद्यार्थीहरुले लिएका छन् ।
ब्रिटानीमा ली ग्रोस चेन स्कुलको फार्म प्रमुख पास्कल डानियलले उक्त स्यालको मृत्यूमा कुखुराहरु शंकाको घेरामा रहेको बताएका छन् ।

“कुनामा हामीले मरेको स्याल फेला पा-यौ,” उनले बताए ।
कुखुराहरुले आफ्नो चुच्चोले ठुंगेर मारेको उनले बताए ।यो खुला खालको अर्गानिक फार्म पुरै दिनभरी खुला रहन्छ र कुखुराहरु अण्डा नपारेको अवस्थामा धेरै जसो समय बाहिरनै बिताउने गर्छन् ।यस किसिमको घटना यो पहिलो भने होइन । २०१० मा पनि इजी, पोङगो र पेकी तीन कुखुराले आफ्नो ठूलो चुच्चोको सहयोगबाट खोर भित्र पसेका स्याललाई मारेका थिए ।