एजेन्सी
बिहिवार, फाल्गुन ३०, २०७५
660

तियानजीन-चिनियाँ ई–कमर्श कम्पनी अलिबाबाका सह संस्थापक ज्याक मा योजनामा रहेको अर्को वर्षको बहिर्गमनपछि पुनः नेतृत्वमा नफर्कने भएका छन् ।
आफ्ना उत्तराधिकारीले उक्त फर्मको नेतृत्व गर्न कठिनाई महशुस गरेपनि आफु नफर्कने माले बताएका छन् । तर उनले कम्पनीसँगको सम्पर्कमा भने रहिरहने बताएका छन् ।

“म फर्कन्न । किनकि मैले छोडेकोनै महशुस गर्ने छैन,”तियानजीनमा आयोजना भएको सम्मेलनको अवसरमा उनले बताए ।
प्रमुख कार्यकारी अधिकृत डानियल झाङले अर्को सेटेम्बरमा माले गर्दै आएको अध्यक्षता सम्हाल्नेछन् । उक्त समयसम्म भने मा कार्यकारी अध्यक्षनै रहने छन् । उनी २०२० को वार्षिक सेयर होल्डरको बैठकसम्म भने सञ्चालक समितीमा रहिरहनेछन् । त्यसपछि उनले आफ्नो गतिविधिलाई परोपकारी र शिक्षाको क्षेत्रमा केन्द्रीत गर्नेछन् ।
कसरी सफल बन्ने भन्ने विषयमा अरुलाई पढाउने लगायतका अन्य धेरै काम गर्ने इच्छा माले व्यक्त गरेका छन् ।
“म कार्यालयमै मर्न चाहन्न,” उनले भने ।
उनले अमेरिका र चीनको व्यापार तनावलाई लिएर कम्पनीले २० वर्षको योजना बनाउनु आवश्यक भएको विषयलाई फेरी दोहो¥याए ।
“अमेरिकाले जे गरेपनि हामीले आफ्नै सिद्धान्तमा आधारित भएर समाधान निकाल्नु पर्छ,” उनको भनाई थियो ।
“अवश्य पनि तपाई निराशाजनक परिदृश्यको अवस्थामा हुनु हुन्छ । तर यो तपाईका प्रतिस्पर्धीका लागि पनि समान हो,” उनले भने ।
आफ्नो कम्पनीले अमेरिकामा १० लाख नयाँ रोजगारी सिर्जना गर्ने पूर्व योजना रद्ध गरेको पनि उनले बताए । अमेरिका–चीनबीच चलेको व्यापार तनावका कारण यो योजना रद्ध गरेको उनलाई उद्र्धृत गर्दै सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।