एजेन्सी
मंगलबार, चैत्र ५, २०७५
725

नयाँ दिल्ली-इरिक्सनको ऋण तिरिदिएर भारतकै धनी मुकेश अम्बानीले आफ्नो भाई अनिल अम्बानीलाई जेल जानबाट बचाएका छन् । फोब्र्सको सूचीमा विश्वकै १३ औं धनी दरिएका मुकेशले अन्तिम समयमा आएर ऋण तिरिदिएका हुन् । अनिलको रिलायन्स कम्यूनिकेशनले स्वीडिस उपकरण निर्मातालाई मंगलबारभित्रमा ५८० करोड भारु तिर्नुपर्ने समयसीमा तोकिएको थियो ।
सन्ध्याकालिन समयमा विज्ञप्ति निकाल्दै अनिलले आफ्ना दाजु र भाउजु निता अम्बानीलाई धन्यवाद दिएका छन् ।

“म मेरा दाजु मुकेश र भाउजु नीतालाई मेरो मुश्किलको समयमा साथ दिएर सहयोग गरेकोमा ह्दयदेखिनै धन्यवाद दिन चाहन्छु,” अनिल अम्बानीले भने ।
“म र मेरो परिवार कृतध्न भएको र विगत भन्दा पर गएको छ । मेरो मन छोएको छ,” उनले थपे । सर्वोच्च अदालको आदेश अनुसार ५५० करोड भारु र यसको व्याज इरिक्सनलाई तिनुपर्ने भएको आरकमका प्रवक्ताले बताए । मार्च १९ सम्मको अवधिमा पनि अनिल अम्बानीले यो रकम नतिरेको भएर उनी जेल जानु पर्दथ्यो ।
सोमबार टाट पल्टेका अनिल अम्बानीको स्वामित्वमा रहेको दुर सञ्चार सञ्चालक आरकमले ४५८.७७ करोड भारु तिरेको थियो ।
टेलिकमले पहिलेनै ११८ करोड भारु जम्मा गरेकोको आरकमले झन्डै ५८० करोड भारुको भुक्तानी गरेको छ । यसले स्वीडिस दुर सञ्चार निर्मातासँगको १८ महिना लामो विवादको अन्त्य गराएको छ । इरिक्सनले मर्मत सेवाका लागि बाँकि रकमको दावी गरेको थियो ।
विषयसँग जानकार स्रोतका अनुसार मुकेशले इरिक्सनलाई झन्डै ४८० करोड भारुको भुक्तानी गरेको थिए । यो विषयमा आरकमले विस्तृत जानकारी भने गराएको छैन ।