एजेन्सी
आइतवार, चैत्र १०, २०७५
2016

बर्लिन-हुवावेका फाइभ–जीको भविष्यका बारेमा अमेरिका र युरोपबीच द्वन्द्व बढ्न थालेको छ । डोनाल्ड ट्रम्पको प्रशासनले युरोपलगायतका मित्रराष्ट्रहरूमाथि चिनियाँ फर्मको अर्को पुस्ताको मोबाइल नेटवर्क प्रविधिमाथि प्रतिबन्ध लगाउन दबाब बढाउने प्रयास गरिरहेका बेला ट्रम्पको आग्रहलाई बेलायत र जर्मनीले एक कानले सुनेर अर्को कानले उडाउन थालेका छन् ।
जर्मनीको फाइभ–जी स्पेकट्रमको बिक्री गत मंगलबार सुरु भएको थियो । अमेरिकाले हुवावेको नेटवर्किङ उपकरण चिनियाँ सरकारले जासुसीका लागि प्रयोग गर्न सक्ने आरोप लगाउँदै आएको छ । हुवावेले भने आफ्ना उपकरणहरूबाट कुनै जोखिम हुने विषय अस्वीकार गर्दै आएको आफ्ना उपकरणहरूबाट कुनै जोखिम हुने विषय अस्वीकार गर्दै आएको छ । उपभोक्ताको डाटामा बेइजिङले कहिलेपनि आफ्नो हात नपैmलाउने जनाएको छ । चिनियाँ सुरक्षा कानुनले यस किसिमको सूचनामा सबै सरकारी अनुसन्धानका लागि कम्पनीले बाध्यात्मक रुपमा दिनुपर्ने व्यवस्था गरेकाले हुवावेको यस किसिमको स्पष्टोक्तिप्रति विज्ञहरू सशंकित देखिएका छन् ।

फाइभ–जी प्रविधिले मोबाइल इन्टरनेटाई छिटो बनाउने मात्रै होइन कि यो स्मार्ट सिटीहरूमा र चालकविहिन कारमा समेत प्रयोग हुन्छ । यो मामिलामा अमेरिका नेतृत्व गर्ने पक्षमा देखिएको छ भने चीन पनि सोही किसिमको भूमिकाका लागि लालायित देखिएको छ ।
वासिङ्टनको विरोधका बावजुद जर्मनी देशको फाइभ–जी पूर्वाधारमा हुवावेको अंश बन्न चाहन्छ र हुवावेलाई पाखा लगाउने पक्षमा देखिँदैन । जर्मन चान्सलर एंगेला मर्केलले यसै महिनाको सुरुमै आफ्नो मुलुकले आफ्नै किसिमको सुरक्षा मापदण्ड तयार पार्ने घोषणा गरिसकेकी छन् ।
अमेरिकी आग्रहलाई बेवास्ता गर्ने जर्मनी एक्लो युरोपेली मुलुक भने होइन । इटाली सरकारले पनि आफ्नो दूरसञ्चार उद्योगबाट हुवावेलाई प्रतिबन्ध नलगाउने बताइसकेको छ । हुवावेका उपकरण प्रयोगबाट देशलाई कुनै सुरक्षा खतरा हुने कुनै प्रमाण नभेटिएको इटालीले जनाएको छ ।
बेलायतमा पनि जासुस अधिकारीले हुवावेबाट हुन सक्ने कुनै पनि जोखिमलाई नियन्त्रण गर्न सकिने बताइसकेको फाइनान्सियल टाइम्सले फेब्रुअरीमा प्रकाशित गरेको समाचारले उल्लेख गरिसकेको छ । अन्य दूरसञ्चार क्यारियरहरले पनि हुवावेलाई फाइभ–जीबाट बहिष्कार गर्न नसकिने जनाएका छन् । हुवावेलाई प्रतिबन्ध लगाउँदा करोडौं पाउन्डको क्षति हुने र फाइभ–जीको लन्चमा ढिलाइ हुन सक्ने बेलायतमा मुख्यालय रहेको भोडाफोनले पनि बताइसकेको छ ।
हुवावेमाथिको प्रतिबन्धले अमेरिकी फाइभ–जीको रोलआउटमा कुनै असर नपर्ने तर युरोप भने प्रभावित हुन सक्ने विज्ञहरूले बताएको आईडीसीका वरिष्ठ दूर सञ्चार अनुसन्धान व्यवस्थापक निखिल बात्राले बताए । अमेरिकाको तुलनामा युरोपेली क्यारियरको व्यवसाय संघर्षरत अवस्थाबाट गुज्रेको र उनीहरूले सस्तो अर्थात् हुवावेले प्रदान गर्न सक्ने फाइभ–जी मोबाइल प्रदायक खोजेको उनले बताए ।
अमेरिकी आग्रहको बेवास्ता गर्नेमा युरोपेली मुलुक मात्रै रहेका छैनन् । अमेरिकी मित्र थाइल्यान्डले पनि फेब्रुअरीमा हुवावेकै माध्यमबाट फाइभ–जीको परीक्षण गरिसकेको छ । भारतले पनि केही भागमा हुवावे प्रयोग गर्ने बताए पनि पूर्ण प्रतिबन्ध नलगाउने भने जनाइसकेको निकी एसियान रिभ्यूले यसै महिना उल्लेख गरिसकेको छ ।