एजेन्सी
आइतवार, चैत्र १०, २०७५
627

जकार्ता-इन्डोनेसियाको विमान सेवा गरुडा इन्डोनेसियाले आपूmले गरेको ४९ बोइङ–७३७ म्याक्स जेटको अर्डर रद्धका लागि अनुरोध गर्ने भएको छ । यी विमानको मूल्य ६ अर्ब अमेरिकी डलर पर्छ ।
कम्पनीको यो योजनाका बारेमा रोयटर्स र एएफपी दुवैले समाचार प्रकाशित गरेका छन् ।

गरुडाका सीएफओले कम्पनीले ७३७–म्याक्सको सट्टा अर्को किसिमको बोइङको अर्डर गर्ने भएको छ । इन्डोनेसियाको राष्ट्रिय ध्वजावाहकले किन यी विमान नचाहेको हो भन्ने विषयमा जानकारी दिएको छैन ।
सीएनबीसीको अनुरोधमा गरुडाका प्रवक्ता इक्सान रोसनले भनेका छन्,“हाम्रो विमान सेवाले बोइङलाई मार्च १४ मा ७३७–म्याक्सको अर्डर रद्ध गर्नका लागि पत्र लेखेको थियो । यो विषयमा गरुडाले बोइङबाट कुनै जवाफ पाएको छैन । बोइङले थप छलफलका लागि मार्च २८ मा जकार्ता भ्रमण गर्ने कार्यक्रम रहेको छ ।”
गरुडासँग हाल ८ वटा ७३७–म्याक्सका विमानहरु रहेको रोयटर्सले जनाएको छ ।
बोइङ–७३७ म्याक्ससँग सम्बन्धित दुईवटा दुर्घटना भएपछि बोइङका यी विमानहरुको अर्डर सार्वजनिक रुपमै रद्ध गर्ने इन्डोनेसियाको विमान सेवा पहिलो हो । अमेरिका,युरोप, चीन र इन्डोनेसिया लगायत विभिन्न मुलुकहरु मा यी विमानहरु ग्राउन्डेड भएका छन् ।
गत अकटोबरमा इन्डोनेसियाको लायन एयरले सञ्चालन गरेको ७३७ म्याक्स–८ जाभा समुद्रमा खसेको थियो । उक्त दुर्घटनामा सवार सबै १८९ जनाको ज्यान गएको थियो ।
५ महिना भन्दा पनि कमको अवधिमा इथियोपियन एयरलाइन्सले सञ्चालन गरेको सोही ब्रान्डको विमान दुर्घटना भएको थियो । यो दुर्घटनामा सवार १५७ जनाको ज्यान गएको थियो ।