एजेन्सी
मंगलबार, चैत्र १२, २०७५
1941

काराकास-रुसको सैन्य विमानले गत साता भेनेजुयामा सैनिक र उपकरण पठाएको रुसको सरकारी समाचार एजेन्सी स्पुतनिकले जनाएको छ । स्पुटनकिको स्पेनी भाषामा चल्ने वेबसाइटका अनुसार प्राविधिक सैन्य व्यवस्था पुरा गर्नका लागि रुसका दुई विमान भेनेजुयला पुगेका छन् । जसमा उपकरण तथा कर्मचारी सवार थिए । एजेन्सीले यसका अतिरिक्त अन्य कुनै जानकारी दिएको छैन । तर यो उडानले कुनै पनि रहस्यमय जानकारी नसमेटेको काराकासको रुसी दुतावासका एक अधिकारीलाई उद्र्धृत गर्दै एजेन्सीले जनाएको छ । अधिकारीको नाम भने गोप्य राखिएको छ । भेनेजुयलाका स्वतन्त्र पत्रकार जेभियरले ट्वीटरमा रुसी वायुसेनाका दुई विमान काराकास बाहिर मुख्य हवाई अड्डामा ओर्लिएको पोष्ट गरेपछिको समयमा स्पुतनिकको यो समाचार प्रकाशित भएको हो ।
रुसको सशस्त्र बलको बोबिलाइजेसन निर्देशनालयका प्रमुख जनरल बासिली टोकोशुकुरोभको नेतृत्वमा विमानले १०० रुसी सेना तथा लभगभ ३५ टन उपकरण उतारेको जेभियरले बताएका थिए ।
यद्यपि यो जानकारी सोशल मिडिया तथा गैर सरकारी मिडियामा उठाइएको थियो । हवाई अड्डामा विमान उतारिएको तस्बिर पनि पोष्ट गरिएको थियो । यी तस्बिरमा रुसी झन्डा वाला विमान देखिएको छ ।