एजेन्सी
सोमवार, बैशाख २, २०७६
634

वासिङटन-व्यापारिक लाभका साथै सामरिक लाभमा पनि अमेरिका तथा चीनकाबीच टकराव रहदै आएको छ । चीनले कैयौ आफ्नो छिमेकी देशलाई कर्जा दिएर आफ्नो पकडमा लिदै आएको छ । यो अवस्थामा चीनको विषयलाई लिएर अमेरिकाले आफ्नो व्यवहारमा पनि कडा नीति अंगिकार गर्न थालेको छ ।
पेन्टागनले हालै मात्र चीनको विषयलाई लिएर भनेको छ,“चीन कमजोर देशलाइ अर्बौ डलरको सहयोग दिएर आफ्नो जालमा फसाउदै छ , जसरी एनाकोन्डाले आफ्नो शिकारलाई आफ्नो जालमा फसाउछ ।”

चीन अर्बौै डलरको आफ्नो बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को माध्यमबाट विश्वव्यापी निर्णायक नौसेना तयार गर्ने कोशिशमा लागि परेको पेन्टागनले अमेरिकी कंग्रेस समक्ष बताइसकेको छ ।
चीनले आफ्नो महत्वाकांक्षी बीआरआई योजनाको माध्यमबाट विभन्नि देशको ढाँचागत परियोजनाका लागि अर्बौ डलरको कर्जा दिइरहेको छ । चीन यी देशलाई कर्जाको जालमा फसाइरहेको छ,जसबाट बाहिर निक्लनका लागि उनीहरुलाई अत्यन्त मुश्किल हुने ठहर पनि पेन्टागनको छ ।
चीफ अफ नेभल अपरेसन जोन रिचर्डसनले बिहीबार कंग्रेसको सुनुवाईको समयमा सदमा सशस्त्र सेवा समितीका सदस्यसँग भनेका छन्,“चीनको बेल्ट एन्ड रोड इनिसियटिभ उसको राष्ट्रिय शक्तिको कुटनीतिक,आर्थिक, सैन्य तथा सामाजिक तत्वको मिश्रण हो । यो विश्वव्यापी रुपमा निर्णायक नौसेना बनाउने उसको कोशिश हो ।”
उनले भनेका छन्“चीनको उद्देश्य अन्य देशको वित्तीय कमजोरीको फाइदा उठाउने हो । चीनले व्यापारिक प्रयोजनको बन्दर्गाहाको निर्माण गरिरहेको छ । घरेलु सुविधालाई उन्नत गर्ने वाचा गरिरहेको छ र राष्ट्रिय ढाँचागत परियोजनामा लगानी गरिरहेको छ ।”
चीनको ६० अर्ब डलरको चीन–पाकिस्तान आर्थिक करिडोर योजना (सीपीईसी) बाट भारत–चीन सम्बन्धमा गतिरोध आएको छ । भारतले सीपीईसीको पाकिस्तान अधिनस्थ कश्मीरबाट जाने विषयमा आपत्ती जनाइसकेको छ । भारतले गत वर्ष चीनद्वारा आयोजित हाई प्रोफाइल बेल्ट एन्ड रोड फोरमको बहिष्कार गरेको थियो ।