२४ दिनको गुप्तवासपछि देखा परिन् मेलानिया
एजेन्सी
बुधवार, जेठ २३, २०७५
1186

वासिङटन- २४ दिनको गुप्तवासपछि पहिलो पटक अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प देखा परेकि छन् । मेलानिया श्रीमान तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसको आधिकारिक कार्यक्रममा देखा परेकि हुन् । लगभग १ महिनासम्म गायब भएपछि मेलानियले आफ्ना श्रीमान डोनाल्ड ट्रम्पलाई छोडेर गएको अडकलबाजी गर्न थालिएको थियो ।
सीएनएनका अनुसार ४० भन्दा बढी सैन्य परिवारले आयोजना गरेको एक कार्यक्रममा उनी देखा परेकि हुन् । मेलानियाले सोमबार राती जारी गरेको बयानमा ह्वाइट हाउसमा सैन्य परिवारको स्वागत गर्न पाउनु वर्गको कुरा भएको बताएकि छन् । उनले देशको सेवाका लागि सैन्य सदस्यप्रति आभार व्यक्त गरेकि छन् ।
यद्यपि ह्वाइट हाउसले यो कार्यक्रममा पत्रकारलाई प्रवेश दिएको थिएन । ट्वीटरमा पोस्ट गरिएको एक भिडियोमा प्रथम महिलाले कालो रङको पहिरन लगाएको देखिएको छ । उनले आफ्नो रोजाइको अग्लो सेन्डल पनि लगाएकि थिइन् । यसपछि उनले यो कार्यक्रमको केही तस्बिर पन ट्वीट गरेकि छन् । जसमा उनी राष्ट्रपति ट्रम्पसँग बसेको देखिएको छ ।
यो भन्दा पहिले उनी मे १० मा सार्वजनिक रुपमा देखा परेकि थिइन् । उक्त समयमा उनले उत्तर कोरियाबाट रिहा भएका तीन अमेरिकीको स्वागत गरेकि थिइन् । यसको ४ दिनपछि मृगौलाको उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको बताइएको थियो ।