एजेन्सी
आइतवार, जेठ २७, २०७५
2134

अमेरिकी नौसेनाको संवेदनशील डाटा चोरी भएको छ । चीन सरकारको ह्याकरले यसको चोरी गरेको बताइएको छ । यो डाटामा युद्ध योजना तथा सुपर सोनिक एन्टिशिप मिसाइलको योजना पनि समावेश छ । यसलाई २०२० सम्म अमेरिकी पनडुब्बीको प्रयोगका लागि ल्याउने योजना बनाइएको थियो ।
एक मिडिया रिपोर्टका अनुसार चिनियाँ ह्याकरले यसै वर्षको जनवरी–फेबु्रअरीको बीचमा अमेरिकी नौसेनाको ६१४ गिगाबाइट डाटा चोरेको हो ।
एक अमेरिकी अधिकारीले वासिङटन पोष्टलाई उद्र्धृत गर्दै ह्याकरले सी–ड्रागन नामको एक जासुसी परियोजनामा घुसपैठ भएको जनाएको छ । यसका अतिरिक्त चिनियाँ ह्याकरले सिग्नल सेन्सर डाटा, पनडुब्बी रेडियो रुम तथा डेभलपमेन्ट एकाईमा पनि पहुँच पुराएको जनाइएको छ ।
यो डाटा चोरीलाई चीनको लामो समयदेखि चल्दै आएको अमेरिकी सैन्य प्रविधिको प्रयासलाई रोक्ने रणनीतिको हिस्सा मात्रै मानिएको छ । चीनले पूर्वी तथा दक्षिण चीन सागरमा आपूmलाई मजबुत गर्न चाहन्छ । यो घटनाले अमेरिका नियन्त्रित तथा गैर श्रेणिबद्ध सूचनाको नेटवर्कमा विपरित प्रभाव पर्न सक्ने अनुमान लगाइएको छ ।
यो विषयमा चीनको दूतावासका प्रवक्ताले यो ह्याकिङ मामिलामा आपूmलाई कुनै पनि जानकारी नभएको जनाएको छ । प्रवक्ताका अनुसार चीन निष्ठापूर्वक साइबर सुरक्षा नियमको पालना गर्दै आएको छ साइबर हमलाको सबै स्वरुपलाई चीनको कानुनले जोडतोडका साथ बिरोध गर्ने दूतावासले जनाएको छ ।