सिंगापुर पुगे लगत्तै किम जोङ उन गिरफ्तार
एजेन्सी
आइतवार, जेठ २७, २०७५
1311

हाल पुरै विश्वको ध्यान १२ जुनमा सिंगापुरमा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको भेटघाटमा गएको छ । यो ऐतिहासिक भेटघाटका लागि तयारी पनि लगभग पुरानै भइसकेको छ । तर भेटघाट पहिले किम जोङ उन जस्तै जिउडाल र अनुहार भएका एक व्यक्ति सिंगापुरको चांगि विमानस्थलमा देख परेपछि प्रहरी अधिकारीमा खैलाबैला मच्चिएको छ ।
ट्रम्प–किम शिखर वार्ताको तयारीकाबीच किम जोङ उन जस्तै देखिनेवाला व्यक्ति विमानस्थमा पुगेपछि सबै व्यक्ति उनलाई देखेर अचम्मित भएका थिए । सबैलाई यो लाग्यो कि किम जोङ उन १२ जुन भन्दा पहिलेनै सिंगापुर पुगे । उनलाई सोधपुछका लागि गिरफ्तार गरिएको छ ।
नाम नबताउने शर्तमा किम जोङ उनका हमसकलले बताए,“म जब एयरपोर्टमा पुगे, प्रहरीले मलाई गिरफ्तार ग¥यो । यो समयमा मलाई करिब ३० मिनेटसम्म मेरो राजनीतिक विचारमाथि कैयौ प्रश्न गरियो । उनीहरुले मलाई किम–ट्रम्प शिखर वार्ताका लागि निर्धारित स्थानमा जान प्रतिबन्ध लगाइएको बताए।”
उनीहरुले अगाडि भने,“अधिकारीले मलाई भने कि तपाई यस्तो समयमा सिंगापुर आउनु भएको छ कि यो समय ट्रम्प–किम शिखर वार्ताको तयारीको हो । यो अत्यन्त संवेदनशील समय हो ।” सिंगापुरको आपवासन, चेकपोइन्ट प्राधिकरण तथा सिंगापुर प्रहरीले हालसम्म पनि यो घटनाको विषयमा कुनै पनि टिप्पणी गरेको छैन ।