एजेन्सी
मंगलबार, जेठ २९, २०७५
1011

सिंगापुर- एक अर्काप्रति कट्टर दुश्मनी साध्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन मंगलबारको भेटमा हासिहासि प्रस्तुत भएका छन् । पुरानो दुश्मनीलाई भुलाउदै उनीहरुले हात पनि मिलाएका छन् । दुवै नेताबीच करिब ५० मिनेटको अवधिसम्म वार्ता भएको थियो ।
अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भएको यो भेटघाटले उनीहरुबीच रहेको कटु सम्बन्धमा पनि परिवर्तन आउने अपेक्षा गरिएको छ । दुई नेताबीको वान–अन–वान भेटघाट सकिएको छ । अब दोस्रो अवधिको प्रतिनिधिमण्डलस्तरको बैठक चलिरहेको छ ।

५० मिनेटको अवधिसम्म चलेको यो वार्ता राम्रो रहेको ट्रम्पले बताएका छन् ।
यी दुई नेताबीचको भेटघाटमा विश्वको ध्यान आकर्षित भएको थियो । ट्रम्प र किमको व्यवहारबाट केबल अमेरिका र उत्तर कोरिया मात्रै होइनकी पुरै विश्वको सुरक्षामा खतरा देखिएको थियो ।
किम अमेरिकी राष्ट्रपतिसँग भेट गर्ने तीन पुस्ताकै पहिलो उत्तर कोरियाली नेता हुन् । यसैबीच राष्ट्रपतिको पदमा रहिरहदा उत्तर कोरियाली शीर्ष नेतासँग भेट गर्ने ट्रम पनि पहिलो अमेरिक राष्ट्रपति हुन् ।
यो भन्दा पहिले अभूतपूर्व सुरक्षा व्यवस्थाबीच भएको बहुचर्चित शिखर सम्मेलनको तयारीको अन्तिम रुप दिन दुवै देशका अधिकारीले सोमबार भेटघाट गरेका थिए । यही दौरान कपेला होटलमा भएको पत्रकार सम्मेलनको अवसरमा अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले यदी उत्तर कोरिया पूर्ण निसस्त्रीकरणमा राजी भएमा अमेरिका उसको पुरा सुरक्षाको ग्यारेन्टी दिन तयार भएको बताएका थिए ।
यसैबीच ट्रम्पले सोमबार सिंगापुरका प्रधानमन्त्री ली सिएन लूङसँग पनि भेटघाट गरेका थिए । उनले उक्त अवसरमा किमसँग हुने अन्यन्त दिलचस्पी वार्ताबाट राम्रो नतिजाआउने अपेक्षा गरेका थिए ।