एजेन्सी
मंगलबार, जेठ २९, २०७५
4459

दुई नेताबीचको शिखर वार्तापछि ट्रम्प र किम दुवै स्यान्टोस द्विपबाट बाहिरिने तयारीमा रहेका छन् ।
यसैबीच ट्रम्पले आफ्नो र किमको बीच विशेष सम्बन्ध बनेको बताएका छन् । उनले किमलाई धेरैनै ट्यालेन्टेड व्यक्ति भएको बताएका छन् । किमले आफ्नो देश अर्थात उत्तर कोरियालाई अत्यन्त माया गर्ने बताएका छन् ।

किम जोङ उनले पनि पत्रकारलाई विश्वले अब ठूलो परिवर्तन देख्ने बताएका छन् । दुवै नेताले सम्झौतामा हस्ताक्षर गरेर हास्दै हात पनि मिलाएका छन् ।
लन्च गरेपछि दुवै नेताले बाहिर आएर केही समय होटलको बगैचामा घुमफिर समेत गरेका थिए ।
डोनाल्ड ट्रम्पले भेटघाट धेरैनै शानदार भएको पत्रकारसँग बताएका छन् । उनले सम्झौतामा हस्ताक्षर गर्न गइरहेको पनि बताएका छन् । तर कस्तो किसिमको सम्झौतामा हस्ताक्षर हुने भन्ने विषयमा भने केहीपनि खुलाइएको छैन ।
भेटघाट सकिए लगत्तै ट्रम्पले अंग्रेजीमा किमलाई ‘नाइस टु मिट यू, मिस्टर प्रेजिडेन्ट’ भनेका थिए ।
एक पत्रकारले किमलाई राष्ट्रपति तपाई परमाणु निसस्त्रीकरणका लागि तयार हुनु हुन्छ भनि सोधेका थिए । पत्रकारको यस किसिमको प्रश्नलाई किमले बेवास्ता गरेका थिए । तर ट्रम्पले अवस्था राम्रोसँग चलिरहेको बताएका छन् ।
हाल दुवै देशका नेताले आफ्नो मुलुकका वरिष्ठ सल्लाहकार तथा सहयोगीसँग बैठक गरिरहेका छन् ।