एजेन्सी
बुधवार, जेठ ३०, २०७५
3417

ब्रासिलिया-ब्राजिलमा एउटा ह्दयविदारक घटना खुलासा भएको छ । याहाँ एक परिवारले आफ्नो नवजात शिशुलाई घरको पछाडि खाल्डो खनेर जिउदै गाडेका छन् । अज्ञात स्रोतले यो घटनाको बारेमा प्रहरीलाई जानकारी गराएपछि उक्त स्थानमा प्रहरी पुगेको थियो । घटनाको ७ घन्टापछि प्रहरीले गाडेको ठाउँ खोतलेर हेर्दा बच्ची जिउदै फेला परेकि थिइन् । प्रहरीले बच्चीलाई जिउदै निकाले पनि परिवारले बच्चा मरेकै जन्मिएको दावी परिवारले गरेको थियो ।
यो घटना क्यानाराना टाउनको हो । परिवाले नेशनल पार्कमा गाडेको बच्चीलाई ७ घन्टापछि जिउदै अवस्थामा बाहिर निकालेको हो । बच्चीलाई प्रहरीले नाङगै निकालेको हो । यसको लगत्तै प्रहरीले स्वासप्रस्वास सम्बन्धि समस्याका कारण बच्चीलाई अस्पतालमा भर्ना गराएका छन् । बच्चीलाई हाल राज्य सरकारको निगरानीमा राखिएको छ ।

मिडियामा आएको समाचार अनुसार बच्ची करिब ५० सेन्टिमिटर गहिरो खाडलमा फेला परेकि थिइन् । यो घटनामा संलग्न भएको आरोपमा प्रहरीले शिशुको अभिभावकलाई पक्राउ गरेको छ । अभिभावकलाई हत्या प्रयासको आरोप लगाइएको छ ।
बच्चीको जन्म लगत्तै उनी झरेर सीधा जमिनसँग ठोकिएको र बच्चीले कुनै जिवित अवस्थाको हाउभाउ नदेखाएपछि मरेको आशंका गरिएको परिवारले जनाएको छ ।
तर प्रहरीले हत्याको आशंका गरेको छ । खाडलबाट निकालेपछि किशोर किशोरी आमा बुवालाई बच्ची देखाएको तर उनीहरुले बच्चीको पहिचान गर्न अस्वीकार गरेको प्रहरीले जनाएको छ ।