एजेन्सी
आइतवार, असार ३, २०७५
6079

मुकेश अम्बानीको स्कुलमा कति शुल्क लिइ्न्छ के तपाइलाई थाहा छ ? यदी थाहाँ छैन भने आउनुहोस्, हामी बताउछौ । संसारका कुनै पनि आमा बुवाको आफ्नो छोराछोरीले राम्रो शिक्षा हासिल गरोस् भन्ने हुन्छ । यसका लागि राम्रो स्कुलमा भर्ना गर्न उनीहरु आफ्नो सारा जीवनको कमाई लगानी गर्न पनि तयार हुन्छन् ।
तर मुकेश अम्बानीको स्कुलमा पढ्ने अवसर भाग्यमानीलाई मात्रै हुने गर्छ । मुकेश अम्बानीको स्कुलमा साधारण घरका बच्चा त पक्कै पनि पढ्दैनन् । याहाँ त करोडपतिका छोराछोरी मात्रै पढ्ने गर्छन् । त्यसैले स्कुलको शुल्क पनि धेरैनै राखिएको छ ।

भारतका राम्रा राम्रो स्कुलका शुल्क पनि याहाँको तुलनामा थोरै मात्रै देखिन्छ । मिडियाका अनुसार यो स्कुलको शुल्क अत्यन्त धेरै छ । तपाईलाई यो थाहा पाएर हैरान हुन्छ कि मुकेश अम्बानीको स्कुलको शुल्क एक विलाशी कारको जत्तिकै पर्छ ।
मुकेशले आफ्नो पिताको सम्झनामा मुम्बइमा खोलेको स्कुलको नाम हो धीरुभाई अम्बानी इन्टरनेसनल स्कुल । यो स्कुलमा धेरैजसो सेलेब्रिटीका बच्चा मात्रै पढ्ने गर्छन् । सचिन तेन्दुल्कर, शाहरुख खानदेखि लिएर श्रीदेवी सम्मका छोराछोरीले यसै स्कुलमा पढेका थिए ।