एजेन्सी
आइतवार, असार २४, २०७५
3245

बेइजिङ-शुक्रबारदेखि ३४ अर्ब चिनियाँ सामानमा अमेरिकाले लगाएको भन्सार कार्यान्वयनमा आएपछि बेइजिङले पनि यसको प्रतिकार गर्ने भएको छ ।
चीनले पनि कृषि सामग्री, सवारी र जलजन्य उत्पादन लगायत ३४ अर्ब डलरको ५४५ अमेरिकी सामानमा भन्सार लगाएको छ । भन्सार लगाउन सकिने अन्य सूचीमा कच्चा तेल पनि पर्न सक्ने बेइजिङले यो भन्दा पहिलेनै जनाइसकेको छ ।
अमेरिकी बस्तुमाथि बेइजिङको निशानमा पर्न सकने सामग्रीलाई रणनीतिक कदमको रुपमा हेरिएको छ । यसमा चीनले अन्य मुलुकबाट सामग्री ल्याएर पूर्ति गर्न मिल्ने किसिमका सामग्रीहरु रहेका छन् । तर यो चीनका लागि लाभदायक नहुने विज्ञहरुले बताएका छन् ।
“अवस्था अलि बढीनै सुक्ष्म देखिएको छ,”क्यापिटल इकोनोमिक्सका प्रमुख बस्तु अर्थशास्त्री क्यारोलाइन बेनले बताए ।
विश्वव्यापी रुपमा हुने समग्र भटमासको निर्यातमा ४० प्रतिशतत अमेरिकी मात्रै रहदै आएको छ । विश्वव्यापी बजारमा बिक्री हुने भटमासको ६० प्रतिशत चीनले मात्रै खरिद गर्दै आएको छ । यस अर्थमा अमेरिका चीनका लागि महत्वपूर्ण आपूर्तिकर्ता रहदै आएको छ । तर बेइजिङको जुलाई ६ को भन्सारमा अमेरिकी भटमासमा २५ प्रतिशत कर लगाउने विषय पनि समावेश छ ।
चीनको भटमास आयातको आधा पहिलेदेखिनै ब्राजिलले आपूर्ति गर्दै आएको छ । चिनियाँ खर्दिकर्ताले यो वर्ष यो दक्षिण अमेरिकी मुलुकबाट धेरै भटमास खरिद गर्दै आएको बेनले बताए ।
अमेरिकालाई पाखा लगाउनका लागि चीनले अन्य मुलुकहरुबाट भटमासको आयातलाई बढाउने संकेत दिइ सकेको छ । बेइजिङले पनि अन्य पाँच एसियाली मुलुकबाट बस्तुभाउको दानाका लागि प्रयोग हुने भटमास लगायतका अन्नको आयातमा आयात भन्सार हटाउने जनाइसकेको चीनको वित्त मन्त्रालयलाई उद्र्धृत गर्दै रोयटर्सले जनाएको छ ।
यसले गर्दा शिकागो सोयाबिनको मूल्यमा ६ प्रतिशतको गिरावट आइसकेको छ ।
यस किसिमको अवसथामा अमेरिकालाई माथ दिनका लागि चीनले ब्राजिलबाट गरिने भटमासको आयातलाई बढाउन सक्छ । तर अमेरिका बाहेक अन्य मुलुकबाट हुने भटमासको आपूर्तिले चीनको आयात आवश्यकता पूर्ति गर्न सक्ने अवस्था नभएको बेनले बताएका छन् । आफ्नो ठूलो बस्तुभाउ उद्योगको आवश्यकताका कारण ब्राजिलले पनि चीनको माग पुरा गर्न सक्ने स्थिति देखिदैन ।
अमेरिकी कृषि विभागको तथ्यांक अनुसार सेप्टेम्बर १ मा सुरु हुने अर्को बजारिकरणको वर्षमा चीनले १० करोड ३० लाख मेट्रिक टन भटमास आयात गर्ने प्रक्षेपण गरिएको छ । अमेरिका बाहेकका अन्य मुलुकले १० करोड टन मात्रै निर्यात गर्न सक्ने देखिन्छ । यस अर्थमा चीनले अमेरिकाबाट ६ करोड २० लाख टन भटमासको आयात गर्नुपर्ने बाध्यता देखिन्छ ।
यद्यपि चीनले मे महिनामै अर्को बजारीकरणको वर्षदेखि १५ वर्षमै पहिलो पटक भटमासको आयातलाई ९ करोड ६० लाख टनमा झार्ने बताइसकेको थियो । यसका लागि किसानले आफ्नो बस्तुभाउलाई खुवाउने बस्तुमा वैकल्पिक सामग्री छनौट गर्नुपर्ने अवस्था आउन सक्छ ।
त्यसैले चीनले अमेरिकी भटमास खरिद नगरेको अवस्थामा यसले अमेरिका मात्रै नभई चीनलाई पनि प्रभाव पार्ने बेन बताउछन् ।
चीनले गर्न सक्ने बदलाको कारबाही अन्तर्गतको अर्को क्षेत्रको रुपमा उर्जा पनि हुन सक्छ ।
चीनको अर्को बदलाको कारबाही अन्तर्गतको क्षेत्रमा पेट्रोलियम उत्पादनहर पर्न सक्छ ।